२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

भिजिट भिसामा महिलालाई ओमान लगेर १२ लाखमा बिक्री

८ बैशाख २०८०, शुक्रबार ०९:४३

वैशाख ८, काठमाडौँ । मानव तस्करमा सक्रिय समूहले वैदेशिक रोजगारीको प्रलोभनमा पारेर  महिलालाई ओमानमा लगेर १२ लाख रूपैयाँमा बिक्री गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले इलामका शुक्रराम लिम्बू र सिन्धुपाल्चोकका विष्णु तामाङलाई पक्राउ गरेपछि उनीहरूले भिजिट भिसामा नेपाली महिलालाई ओमानमा पुर्याएर १२ लाखमा बेचेको खुलेको हो।


ब्यूरोको प्रारम्भिक अनुसन्धान प्रतिवेदन अनुसार उनीहरूले एक महिलालाई माघ १२ गते भिजिट भिसामा नेपालबाट दुबई हुँदै ओमान पुर्याएका थिए।

उनीहरूले २१ माघमा ती महिलालाई भिजिट भिसामा दुबई हुँदै ओमान पुर्‍याएको ब्युरोका प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठले बताए । त्यहाँ केही दिन कम्पनीमा राखेर उनीहरूले ओमानी घरमालिकलाई बिक्री गरेका थिए । तीन हजार पाँच सय ओमानी रियाल (करिब १२ लाख नेपाली रुपैयाँ)मा त्यहाँका एजेन्टले बिक्री गरेको पीडितले बताएकी छिन् ।

घरेलु कामदारका रूपमा उनलाई बिक्री गरिएको थियो । जहाँ दिनमा २२ घन्टासम्म काम गर्न लगाएर शारीरिक तथा मानसिक शोषण भएको पीडितले बताएकी छिन् । खान पनि राम्रोसँग नदिएको र शोषण भएपछि ती महिला बिरामी भएकी थिइन् । पछि एजेन्टले कम्पनीमा फिर्ता गरेको थियो । त्यही क्रममा उनी कम्पनीबाट भागेर ओमानस्थित नेपाली दूतावासमा पुगी परिवारको सहयोगमा स्वदेश फर्किएकी हुन् । 

 त्यसरी बिक्री भएका महिलालाई तलबसमेत दिइँदैन । त्यहाँ काम गर्दिनँ भन्दा आफूले किनेको पैसा फिर्ता दिएपछि मात्र जान दिने गरिएको ब्युरोका एसपी कृष्णप्रसाद पंगेनी बताउँछन् । कतिपय महिलाको दूतावासको सहयोगमा उद्धार हुने गरेको छ भने केही भागेर स्वदेश फर्कने गरेका छन् । यसअघि पनि केही महिलाको यसरी उद्धार भइसकेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य