२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कोरिया जान महँगो हवाई भाडाबारे इपिएस कोरियालाई सोधियो स्पष्टीकरण

२०८०, ८ बैशाख शुक्रबार १५:५२

वैशाख ८, काठमाडौँ । नेपालबाट दक्षिण कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएकोबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) कोरियालाई स्पष्टीकरण सोधेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका अनुसार कोरिया जाने अत्यधिक महँगो टिकटबारे श्रम मन्त्रालयमार्फत इपिएसलाई तीन दिनभित्र जवाफ पेस गर्नेगरी स्पष्टीकरण सोधिएको हो ।


इपिएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो ? प्रतिव्यक्ति नाफा कति आउँछ ? भनी प्रश्न सोधिएको मन्त्री किराँतीले जानकारी दिनुभयो । त्यस्तै कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोकेको छ ? समग्रमा अहिलेसम्मको टिकटको बजेट कति हुन आउँछ ? सोको जानकारी गराउन भनिएको छ । 

त्यसैगरी कोरियन एयरलाइन्सले रु एक लाख ८५ हजार लिने टिकट मूल्य ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्छ ? कोरियन एयरलाइन्सले किन अत्यधिक भाडा लिएको हो ? लगायत प्रश्न इपिएस कोरियालाई मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते