२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

चर्को लागत अशुलेर मलेसिया पुर्याइएका युवा समस्यामा

२०८०, ४ जेष्ठ बिहीबार ०३:३३

जेठ ४, काठमाडौँ । काठमाडौँ सिनामंगल स्थित फेमस ह्युमन रिसोर्सेज प्रालिलाई २ लाख ८० हजार बुझाएर मलेसियास्थित सप्लाई कम्पनी MTS SEA SERVICES SDN BHD पुर्याईएका युवाहरु ड्युटी नपाएर तनावमा छन् । 


पिडीत युवाले गएको एक महिनादेखि जम्मा ४ दिन मात्र काम पाएको गुनाशो गरे । कम्पनीले ड्युटीनै नदिएको कारण जाँदा तिरेको लागत कसरी तिर्ने भन्ने चिन्ता पीडितहरुलाई छ । उनीहरुलाई बस्ने व्यवस्था समेत चित्त 

बुझेको छैन । 'सुत्ने खाट समेत छैन । भुइँमा तीन म्याट्रेस ओछ्याइएको छ । त्यसैमा ४ जना सुत्नुपर्छ' पीडितले बताए । 

आफूलाई भनेजस्तो केहि नभएपछि दुतावासमा कम्प्लेन गरेपनि आफ्नो समस्याको समाधान नभएको पीडितको गुनाशो छ । दुतावासमा  गुनाशो गरेपछि 'कसैलाई कम्प्लेन गरिस भने तलाई गाह्रो हुन्छ' भन्दै कम्पनीको मान्छेले थर्काएको पीडितले बताएका छन् । 

पीडितले सिनामंगल स्थित फेमस ह्युमन रिसोर्सेज प्रालिलाई दुई लाख ८० हजार तिरेर गएको प्रमाण समेत पठाएका छन् । प्रमाण अनुसार उक्त कम्पनीका कर्मचारीलाई पीडितले पैसा दिएका छन् । 

मलेसिया रोजगार निशुल्क भनिएपनि म्यानपावरहरुले चर्को अशुली उठाईरहँदा सम्बन्धित पक्ष भने मौन छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण