चर्को लागत अशुलेर मलेसिया पुर्याइएका युवा समस्यामा

Posted on: 18 May, 2023

जेठ ४, काठमाडौँ । काठमाडौँ सिनामंगल स्थित फेमस ह्युमन रिसोर्सेज प्रालिलाई २ लाख ८० हजार बुझाएर मलेसियास्थित सप्लाई कम्पनी MTS SEA SERVICES SDN BHD पुर्याईएका युवाहरु ड्युटी नपाएर तनावमा छन् । 


पिडीत युवाले गएको एक महिनादेखि जम्मा ४ दिन मात्र काम पाएको गुनाशो गरे । कम्पनीले ड्युटीनै नदिएको कारण जाँदा तिरेको लागत कसरी तिर्ने भन्ने चिन्ता पीडितहरुलाई छ । उनीहरुलाई बस्ने व्यवस्था समेत चित्त 

बुझेको छैन । 'सुत्ने खाट समेत छैन । भुइँमा तीन म्याट्रेस ओछ्याइएको छ । त्यसैमा ४ जना सुत्नुपर्छ' पीडितले बताए । 

आफूलाई भनेजस्तो केहि नभएपछि दुतावासमा कम्प्लेन गरेपनि आफ्नो समस्याको समाधान नभएको पीडितको गुनाशो छ । दुतावासमा  गुनाशो गरेपछि 'कसैलाई कम्प्लेन गरिस भने तलाई गाह्रो हुन्छ' भन्दै कम्पनीको मान्छेले थर्काएको पीडितले बताएका छन् । 

पीडितले सिनामंगल स्थित फेमस ह्युमन रिसोर्सेज प्रालिलाई दुई लाख ८० हजार तिरेर गएको प्रमाण समेत पठाएका छन् । प्रमाण अनुसार उक्त कम्पनीका कर्मचारीलाई पीडितले पैसा दिएका छन् । 

मलेसिया रोजगार निशुल्क भनिएपनि म्यानपावरहरुले चर्को अशुली उठाईरहँदा सम्बन्धित पक्ष भने मौन छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!