२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

म्यानपावरद्वारा मलेसियाको डिमाण्डमा बिचौलिया निषेधको नाटक !

२०८०, १७ जेष्ठ बुधबार ०९:४२

जेठ १७, काठमाडौँ । फ्री भिसा फ्री टिकट भन्दै मलेसियाको डिमाण्डको विज्ञापन दिएको काठमाडौँ स्थित मेरिडियन ओभरसिजमा रोजगारको प्रक्रियामा पुग्नेहरुलाई डिमाण्ड आएकै छैन भन्दै म्यानपावरले फर्काउने गरेको गुनाशो आईरहेका छन् । म्यानपावरले बिचौलिया निषेधित डिमाण्ड भन्दै बिज्ञापन दिने तर सिधा जोडिन चाहेकाहरुलाई सूचना लुकाउने गरेको पाइएको छ । 

उक्त म्यानपावर कम्पनीले वैदेशिक रोजगार बिभागबाट पुर्व स्वीकृति नम्वर २८६४८२ मा स्वीकृति लिएर जेठ १७ गते अन्तर्वार्ता हुने भनि बिज्ञापन गरेपनि यो मिति अगावै सम्बन्धित म्यानपावरमा डिमाण्डबारे जानकारी लिन पुगेका युवाहरुलाई डिमाण्ड छैन भन्दै फर्काउने गरिएको गुनाशोहरु आएका छन् । 

म्यानपावरले जारी गरेको बिज्ञापन अनुसार मलेसिया स्थित Nationgate Solution (M) SDN BHD कम्पनीमा रोजगारको लागि २२० जानाको माग भईआएको छ । म्यानपावरले यस डिमाण्डमा जाने कामदारहरुले कुनै लागत तिर्नु नपर्ने समेत बिज्ञापनमा उल्लेख गरि बिज्ञापन जारी गरेको छ । जारी बिज्ञापनमा बिचौलियालाई समेत निषेध गरिएको भनिएको छ । तर सिधै बिज्ञापन हेरेर म्यानपावर पुगेकाहरुलाई म्यानपावरले फिर्ता पठाउने गरेको पाइएपछि यो म्यानपावरको गतिबिधि संकास्पद देखिएको छ । 

बिज्ञापन दिएर प्रक्रियामा गएकाहरुलाई फर्काएको मात्र यस म्यानपावरको समस्या होइन । यसका अलावा यस म्यानपावरको मुख्य समस्या अर्को पनि छ । यस म्यानपावरले बिज्ञापन हेर्नेहरुलाई सिधै म्यानपावरमा जोडिने गरि सहज कुनै बिकल्प समेत नदिएर बिचौलियाहरुसँग मात्र खेल्नेगरि संकास्पद क्रियाकलाप गरिरहेको पाइएको छ । यस म्यानपावरले बिज्ञापनमा जारी गरेको दुई टेलिफोनमा दुवै फोन लाग्दैनन् । जारी बिज्ञापनमा ल्याण्डलाइनका दुई फरक नम्बरहरु छन् । दुवै फोनमा सम्पर्क गर्दा रजिस्टर गरिएको छैन भन्ने जानकारी प्राप्त भईरहेको छ । म्यानपावरले जारी गरेका सम्पर्क नम्वरहरु ०१४३९०४६३ र ०१४३९०४६४ दुवै फोन लाग्दैनन् । 

जारी बिज्ञापनमा यसका अलावा इमेल तथा म्यानपावरको वेबसाइट समेत सार्वजनिक छैन । यस म्यानपावरको बिज्ञापन हेरेकै आधारमा म्यानपावर धाएकाहरुले समेत म्यानपावरबाट फर्काईदिएको गुनाशो गरेका छन् । 


पछिल्लो समय यस्तै खाले गतिबिधि गर्ने धेरै म्यानपावरहरु छन् । कामदारसँग सिधै जोडिन नचाहने तर बिचौलियाहरुसँग सक्रिय रहने म्यानपावरहरुको कारण वैदेशिक रोजगार क्षेत्रमा बेथिति बढ्दै गईरहेका छन् । यस सम्बन्धमा वैदेशिक रोजगार बिभागले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । वैदेशिक रोजगार बिभागले म्यानपावरहरुले गर्ने यस्ता क्रियाकलापको सम्बन्धमा बिभागलाई सोझै इमेलहरु [email protected], [email protected][email protected] मा जानकारी दिन आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण