२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

म्यानपावरद्वारा मलेसियाको डिमाण्डमा बिचौलिया निषेधको नाटक !

१७ जेष्ठ २०८०, बुधबार ०९:४२

जेठ १७, काठमाडौँ । फ्री भिसा फ्री टिकट भन्दै मलेसियाको डिमाण्डको विज्ञापन दिएको काठमाडौँ स्थित मेरिडियन ओभरसिजमा रोजगारको प्रक्रियामा पुग्नेहरुलाई डिमाण्ड आएकै छैन भन्दै म्यानपावरले फर्काउने गरेको गुनाशो आईरहेका छन् । म्यानपावरले बिचौलिया निषेधित डिमाण्ड भन्दै बिज्ञापन दिने तर सिधा जोडिन चाहेकाहरुलाई सूचना लुकाउने गरेको पाइएको छ । 

उक्त म्यानपावर कम्पनीले वैदेशिक रोजगार बिभागबाट पुर्व स्वीकृति नम्वर २८६४८२ मा स्वीकृति लिएर जेठ १७ गते अन्तर्वार्ता हुने भनि बिज्ञापन गरेपनि यो मिति अगावै सम्बन्धित म्यानपावरमा डिमाण्डबारे जानकारी लिन पुगेका युवाहरुलाई डिमाण्ड छैन भन्दै फर्काउने गरिएको गुनाशोहरु आएका छन् । 

म्यानपावरले जारी गरेको बिज्ञापन अनुसार मलेसिया स्थित Nationgate Solution (M) SDN BHD कम्पनीमा रोजगारको लागि २२० जानाको माग भईआएको छ । म्यानपावरले यस डिमाण्डमा जाने कामदारहरुले कुनै लागत तिर्नु नपर्ने समेत बिज्ञापनमा उल्लेख गरि बिज्ञापन जारी गरेको छ । जारी बिज्ञापनमा बिचौलियालाई समेत निषेध गरिएको भनिएको छ । तर सिधै बिज्ञापन हेरेर म्यानपावर पुगेकाहरुलाई म्यानपावरले फिर्ता पठाउने गरेको पाइएपछि यो म्यानपावरको गतिबिधि संकास्पद देखिएको छ । 

बिज्ञापन दिएर प्रक्रियामा गएकाहरुलाई फर्काएको मात्र यस म्यानपावरको समस्या होइन । यसका अलावा यस म्यानपावरको मुख्य समस्या अर्को पनि छ । यस म्यानपावरले बिज्ञापन हेर्नेहरुलाई सिधै म्यानपावरमा जोडिने गरि सहज कुनै बिकल्प समेत नदिएर बिचौलियाहरुसँग मात्र खेल्नेगरि संकास्पद क्रियाकलाप गरिरहेको पाइएको छ । यस म्यानपावरले बिज्ञापनमा जारी गरेको दुई टेलिफोनमा दुवै फोन लाग्दैनन् । जारी बिज्ञापनमा ल्याण्डलाइनका दुई फरक नम्बरहरु छन् । दुवै फोनमा सम्पर्क गर्दा रजिस्टर गरिएको छैन भन्ने जानकारी प्राप्त भईरहेको छ । म्यानपावरले जारी गरेका सम्पर्क नम्वरहरु ०१४३९०४६३ र ०१४३९०४६४ दुवै फोन लाग्दैनन् । 

जारी बिज्ञापनमा यसका अलावा इमेल तथा म्यानपावरको वेबसाइट समेत सार्वजनिक छैन । यस म्यानपावरको बिज्ञापन हेरेकै आधारमा म्यानपावर धाएकाहरुले समेत म्यानपावरबाट फर्काईदिएको गुनाशो गरेका छन् । 


पछिल्लो समय यस्तै खाले गतिबिधि गर्ने धेरै म्यानपावरहरु छन् । कामदारसँग सिधै जोडिन नचाहने तर बिचौलियाहरुसँग सक्रिय रहने म्यानपावरहरुको कारण वैदेशिक रोजगार क्षेत्रमा बेथिति बढ्दै गईरहेका छन् । यस सम्बन्धमा वैदेशिक रोजगार बिभागले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । वैदेशिक रोजगार बिभागले म्यानपावरहरुले गर्ने यस्ता क्रियाकलापको सम्बन्धमा बिभागलाई सोझै इमेलहरु [email protected], [email protected][email protected] मा जानकारी दिन आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य