२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

साउदीमा २२ वर्ष जेलपछि सन्तबहादुरलाई दिईयो मृत्युदण्ड

२०८०, २० जेष्ठ शनिबार ०४:२४

जेठ २०, काठमाडौँ । हत्या आरोपमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा जेल.जीवन बिताईरहेका पर्वत मोदी गाउँपलिका–४ खुइजेरीका सन्तबहादुरलाई गत मृत्युदण्ड दिइएको छ ।

नेपाल र साउदी सरकारले मृत्युदण्डको फैशला सुनाइएपछि उनको जीवन फर्काउने कोसिसका वावजुत पीडित परिवारसमक्ष प्रयास भएका थिए । उनलाई  २०५८ जेठमै मृत्युदण्डको सजाय सुनाइएको थियो । तर पीडित परिवारले उनको मृत्युदण्डको सजाय माफी हुने सम्बन्धमा बदलाकै कठोर भाव राखेपछि साउदीको आन्तरिक मन्त्रालयले मृत्युदण्डको फैसलालाई कार्यान्वयन गरेको छ ।


स्थानीय अदालत, पुनरावेदन र सर्वोच्च अदालतले साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्यामा दोषी ठहर गर्दै सन्तबहादुरलाई मृत्युदण्डको फैसलामै सुनाएको थियो । त्यसलाई रोयल कोर्टले समेत अनुमोदन गरेपछि मृत्युदण्डको फैसला कार्यान्वयन भएको हो ।

२०५४ सालमा साउदी अरेबियामा कृषि काममा पुगेका सन्तबहादुर भेडा चराउन जाने क्रममा भएको हत्याको घटनाको कारण मृत्युदण्डसम्मको सजाय पाएका हुन् । भेडा चराउन गएका उनलाई एक जनाले दैनिक आएर भेडा माग्न थालेपछि भएको बिबादका क्रममा चक्कु प्रहार गर्दा हत्याको घटना घटेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते