२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

साउदी जान तत्काललाई भिसा प्रक्रियामा शैक्षिक प्रमाणपत्र पेस गर्न नपर्ने

२०८०, ३० जेष्ठ मंगलवार ०९:५८

जेठ ३०, काठमाण्डौ । वैदेशिक रोजगारको लागि साउदी अरब जाँदा अनिवार्य गरिएको शैक्षिक योग्यताको नियम तत्काललाई कार्यान्वयन नहुने भएको छ ।

साउदी दूतावासले हिजो जेठ २९ गतेदेखि नेपालबाट वैदेशिक रोजगारीमा साउदी जाने श्रमिकको भिसाको प्रक्रियामा शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने सूचना जारी गरेको भए पनि तत्काललाई पुरानै प्रक्रियामार्फत भिसा दिने बताएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिएका छन् । 

साउदी दूतावासले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको भिसा आवेदन दिँदा शैक्षिक योग्यताको प्रमाणपत्र पनि अनिवार्य रूपमा पेस गर्न म्यानपावर एजेन्सीहरूलाई सूचना पठाएको थियो । 

शैक्षिक योग्यताको प्रमाणपत्र परराष्ट्र मन्त्रालय र साउदी दूतावासमार्फत प्रमाणीकरण गरेमा मात्र साउदीको भिसा प्रक्रिया अघि बढ्ने उल्लेख थियो । 

साउदी दूतावासले सूचना जारी गरेपछि यो नियमका कारण नेपालीहरू रोजगारीबाट वञ्चित हुने भन्दै वैदेशिक रोजगार व्यवसायी सङ्घले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई भेटेर नै ध्यानाकर्षण गराएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते