२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युरोपका विकसित देश जर्मनले माग्यो नेपाली कामदार, सम्झौताको तयारीमा सरकार

२०८०, ३१ जेष्ठ बुधबार १०:११

जेठ ३१, काठमाडौँ | युरोपका विकसित देश जर्मनले नेपाली कामदार माग गरेको छ । जर्मनको विभिन्न क्षेत्रमा कामदारको अभाव रहेको भन्दै नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको हो । जर्मनको प्रस्ताव स्वीकार गर्दै नेपालले त्यसको लागि आवश्यक तयारी अगाडि बढाएको छ ।

जर्मनसँग सम्झौता गरेर नेपाली कामदार पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो । सम्झौताको ड्राफ्ट तयार पारेर निर्णयका लागि मन्त्रिपरिषदमा पेश गरिएको छ । मन्त्रिपरिषदबाट पारित भएसँगै दुवै देशबीच सम्झौता हुनेछ र नेपाली कामदार लैजाने बाटो खुल्नेछ । श्रम मन्त्रालयका सह–सचिव राजिव पोखरेलले जर्मनको डिमाण्ड अनुसार नेपाली श्रमिक पठाउन खोजिएको बताए । ‘केही हाम्रा मान्छेहरू लैजाने अनि त्यसपछि ट्रेनिङ दिने कुरा भइरहेको छ । उनीहरूले ट्रेनिङसँगै जब दिने कुरा छ,’ पोखरेलले भने ।

जर्मनले केही महिना अगाडि नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा आवश्यक छलफल गर्दै सम्झौताको लागि दुवै देशका अधिकारीहरूबीच ड्राफ्ट तयार पारिएको थियो । उक्त ड्राफ्ट कानुन र परराष्ट्र मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेश हुने प्रक्रियामा रहेको सहसचिव पोखरेलले बताए । जर्मनले नेपालबाट सामान्य कामदार लैजाने र उतै काम पनि सिकाउने र जागिर पनि दिनेछ । प्रविधि र अर्थतन्त्रको हिसाबले अग्रपङ्क्तिमा रहेको जर्मनीसँग सम्झौता गर्ने विषयमा नेपाली अधिकारीहरू उत्साहित देखिएका छन् ।

जर्मनले लैजाने नेपाली कामदारहरूलाई जर्मन कामदार सरह तलब तथा सेवा–सुविधा उपलब्ध गराउनेछ । सामाजिक सुरक्षा र मानव अधिकारको दृष्टिकोणले समेत राम्रो रहेको जर्मनमा नेपाली कामदारहरूले सीपसँगै राम्रो पुँजी समेत ल्याउन पाउने मन्त्रालयको विश्वास छ । खाडी मुलुकलाई गन्तव्य बनाउँदै आएकोमा अब सरकारले विकल्प खोज्न थालेको छ । युरोपेली देशहरूसँग सम्झौता गरेर नेपाली श्रमिक त्यतातिर पठाउनतिर लागेको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण