२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युरोपका विकसित देश जर्मनले माग्यो नेपाली कामदार, सम्झौताको तयारीमा सरकार

३१ जेष्ठ २०८०, बुधबार १०:११

जेठ ३१, काठमाडौँ | युरोपका विकसित देश जर्मनले नेपाली कामदार माग गरेको छ । जर्मनको विभिन्न क्षेत्रमा कामदारको अभाव रहेको भन्दै नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको हो । जर्मनको प्रस्ताव स्वीकार गर्दै नेपालले त्यसको लागि आवश्यक तयारी अगाडि बढाएको छ ।

जर्मनसँग सम्झौता गरेर नेपाली कामदार पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो । सम्झौताको ड्राफ्ट तयार पारेर निर्णयका लागि मन्त्रिपरिषदमा पेश गरिएको छ । मन्त्रिपरिषदबाट पारित भएसँगै दुवै देशबीच सम्झौता हुनेछ र नेपाली कामदार लैजाने बाटो खुल्नेछ । श्रम मन्त्रालयका सह–सचिव राजिव पोखरेलले जर्मनको डिमाण्ड अनुसार नेपाली श्रमिक पठाउन खोजिएको बताए । ‘केही हाम्रा मान्छेहरू लैजाने अनि त्यसपछि ट्रेनिङ दिने कुरा भइरहेको छ । उनीहरूले ट्रेनिङसँगै जब दिने कुरा छ,’ पोखरेलले भने ।

जर्मनले केही महिना अगाडि नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा आवश्यक छलफल गर्दै सम्झौताको लागि दुवै देशका अधिकारीहरूबीच ड्राफ्ट तयार पारिएको थियो । उक्त ड्राफ्ट कानुन र परराष्ट्र मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेश हुने प्रक्रियामा रहेको सहसचिव पोखरेलले बताए । जर्मनले नेपालबाट सामान्य कामदार लैजाने र उतै काम पनि सिकाउने र जागिर पनि दिनेछ । प्रविधि र अर्थतन्त्रको हिसाबले अग्रपङ्क्तिमा रहेको जर्मनीसँग सम्झौता गर्ने विषयमा नेपाली अधिकारीहरू उत्साहित देखिएका छन् ।

जर्मनले लैजाने नेपाली कामदारहरूलाई जर्मन कामदार सरह तलब तथा सेवा–सुविधा उपलब्ध गराउनेछ । सामाजिक सुरक्षा र मानव अधिकारको दृष्टिकोणले समेत राम्रो रहेको जर्मनमा नेपाली कामदारहरूले सीपसँगै राम्रो पुँजी समेत ल्याउन पाउने मन्त्रालयको विश्वास छ । खाडी मुलुकलाई गन्तव्य बनाउँदै आएकोमा अब सरकारले विकल्प खोज्न थालेको छ । युरोपेली देशहरूसँग सम्झौता गरेर नेपाली श्रमिक त्यतातिर पठाउनतिर लागेको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य