२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

नेपाल र यूएईबीचको श्रम समझदारी ४ वर्षका लागि स्वतः नवीकरण

२०८०, ३१ जेष्ठ बुधबार १२:१४

जेठ ३१, काठमाडौँ | नेपाल र युएईबीच सन् २०१९ मा भएको द्विपक्षीय श्रम समझदारी चार वर्षका लागि स्वतः नवीकरण भएको छ । काठमाडौँमा सम्पन्न दुई देशको संयुक्त कार्य समितिको तेस्रो बैठकले सन् २०१९, जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारी चार वर्षका स्वतः नवीकरण गर्ने निर्णय गरेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको बैठकमा सहभागी हुन युएईको टोली नेपाल आएको थियो ।  उक्त बैठकमा नेपालले दोस्रो बैठकमा भएका समझदारीको कार्यान्वयन तथा प्रगति अवस्थाको समीक्षा गर्दै द्विपक्षीय श्रम समझदारीमा व्यवस्था भए बमोजिम आगामी ४ वर्षको लागि स्वतः नवीकरण हुने समझदारी भएको मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले जानकारी दिए । 

उक्त बैठकमा नेपालको तर्फबाट समितिमा भाग लिने कार्यदलको नेतृत्व गर्दै मन्त्रालयका सहसचिव राजीव पोखरेलले द्विपक्षीय समझदारीको पुनरावलोकन, नेपाल सरकारको श्रम तथा वैदेशिक रोजगारसम्बन्धी पछिल्ला कानुनहरूको जानकारी समेत गराएका थिए । 

त्यस्तै नेपाली श्रमिकहरूलाई युएईमा न्यूनतम तलबको सुनिश्चितता, मृत्यु हुने नेपाली श्रमिकहरूको शव सहज रूपमा नेपाल ल्याउने व्यवस्था विषयमा समेत नेपालको धारणा राखेका थिए । त्यस्तै जेल तथा कैदमा रहेका नेपाली श्रमिकहरूको विवरण तथा अलेखवद्ध रूपमा युएईमा रहेका नेपाली श्रमिकहरूलाई आममाफी सहित नेपाल फिर्तीमा सहजीकरण गर्न युएई सरकारसँग अनुरोध गरिएको छ ।  नेपाली श्रमिकहरूको सीप स्तरोन्नतिका लागि द्विपक्षीय सहकार्य गर्ने विषयमा समेत नेपाल प्रस्ताव राखेको थियो । 

नेपाले राखेका प्रस्ताव छलफल गर्दै युएई सरकारका तर्फबाट नेतृत्व गरेका सहायक उपसचिव अबदुल्ला अल्नुईमी ले युएईको श्रम बजारको अवस्था चित्रण गरेका थिए ।  आफ्नो कार्यदल र युएई सरकार नेपालले राखेका प्रस्ताव सम्बोधनका लागि सकारात्मक रहेको प्रतिक्रिया दिए ।

यूएईले नेपालबाट घरेलु कामदार लैजान इच्छुक रहेको बताउँदै प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो ।  बैठकको शुभारम्भमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दुवै सरकारको भूमिका उल्लेखनीय रहेको बताएका थिए ।  वैदेशिक रोजगारीको भर्ना प्रक्रिया स्वच्छ तथा मर्यादित बनाउन दुवै सरकारबीच आपसी सहकार्य अभिबृद्धि गर्दै जानुपर्नेमा जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते