२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

म्यानपावरमा हुने ठगि र चर्को अशुलीतिर पनि ध्यान दिन मेयर बालेनलाई गुहार !

२०८०, १ असार शुक्रबार १२:५८

असार १, काठमाडौँ । मेयर बालेन साहले काठमाडौँ महानगरभित्रका बिभिन्न बेथितिलाई क्रमश ध्यान दिएर सुधारको काम गरेको भन्दै प्रसंशा गरिएको छ । यसै बीच सामाजिक संजालमा बालेनलाई म्यानपावरहरुले वैदेशिक रोजगारको क्रममा गरिरहेको ठगि र चर्को अशुलीमा ध्यान दिन आग्रह गर्दै दवाब बढाइएको छ । 


महानगरभित्र गलत र नीति बिपरित क्रियाकलाप बढिरहेकोप्रति धमाधम एक्सनमा उत्रिरहेका बालेनलाई 'कार्यक्षेत्र भित्र पर्छ भने म्यानपावरहरुले मच्चाईरहेको लुट पनि नियन्त्रण गरिदिन' भन्दै ध्यानाकर्षण गर्न थालिएको छ । महानगरमा व्यवसाय गरेर नीति बाहिर रही ठगि भईरहेको भन्दै भएको ध्यानाकर्षणको सम्बन्धमा धेरैले लाइक र प्रतिक्रिया दिएका छन् । कतिपयले सम्बन्धित निकायका अधिकारीहरु तलब मात्र खाएर बसेको भन्दै म्यानपावरहरुले गरेको गलत गतिबिधिहरुमाथि पनि बालेनको नजर जानेमा आफूहरु आशाबादी गरेको प्रतिक्रिया दिएका छन् ।

वैदेशिक रोजगार क्षेत्रमा फ्री भिसा फ्री टिकटको नीति अनुसार ९८ प्रतिशत भन्दा बढी म्यानपावरहरु नचलेको बताइएको छ । यसैमा पछिल्लो समय मलेसिया रोजगारमा जान ४ लाखसम्म अशुली हुन थालेको छ भने युरोप रोजगारका नाममा कन्सल्टेन्सी तथा व्यक्तिहरुले समेत अग्रिम अशुलीका साथै चर्को अशुली गर्दै आएका छन् । २०७२ सालमा तात्कालिन श्रममन्त्री टेक बहादुर गुरुङले वैदेशिक रोजगारमा जान खाडीका ६ राष्ट्रमा १० हजार भन्दा बढी लिन नपाउने नीति घोषणा गरेका थिए । त्यस्तै मलेसिया रोजगारमा जान निशुल्कको नीति छ । तर अधिकांश म्यानपावर व्यवसायीले डिमाण्ड किनेर ल्याउने र चर्को लागत तिराएर कामदार पठाउने गरेको अवस्था छ । 

मेयर शाहले पछिल्लो पटक शिक्षा क्षेत्र सुधारको लागि गरेको प्रयासको खुलेर प्रसंशा भईरहेको छ । त्यस्तै मेयर शाहले पछिल्लो समय आफ्नो कार्य क्षेत्रभित्र नपरेपनि ग्रेटर नेपालको नक्सा कार्यकक्षमा तासकोदेखि भारतबाट आयातित हुने तरकारीलाई काठमाडौँमा रोक लगाउने कुरा र भारतीय चलचित्र आदिपुरुषमा सिता भारतको भनि आएको विषयलाई लिएर भएको ध्यानाकर्षणलाई लिएर निकै चर्चा पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते