२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारका क्रममा ‘अनडकुमेन्टेड’ श्रमिकलाई वैधानिक बनाइदै

२०८०, ६ असार बुधबार ०६:५०

असार ६, काठमाडौँ । वैदेशिक रोजगारको क्रममा (वैधानिक कागजात नभएर समस्यामा रहेका) नेपाली श्रमिकहरूलाई वैधानिक बनाउन पहल थालिएको छ । श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा अवैध रूपमा बस्दै आएका नेपाली श्रमिकलाई वैधानिक बनाउन पहल थालेको हो । 

बैधानिक बनाउने क्रममा नेपाली सरकारको कारण अवैधानिक बनेकाहरुलाई बैधानिक बनाइनेछ भने विदेशमा समेत बिदेशी कानुनको कारण अवैधानिक भएकाहरुलाई सम्बन्धित देशमा पहल गरि बैधानिक गराउने पहल गरिने मन्त्रालयले जनाएको छ । नेपालबाट श्रम स्वीकृति लिएर विदेश गएका तर नवीकरण नगरी बसिरहेकाहरु, भिजिट भिसा तथा अन्य तरिकाले विदेश गएर रोजगारदाताबाट काम पाई काम गरिरहेकाहरुलाई समेत सरकारले बैधानिक बाटोमा ल्याउनेछ । जसको लागि श्रम स्वीकृतिको व्यवस्था गरिनेछ । 

सरकारले दिने यो सुविधाबाट विशेष गरि विदेशमा घरेलु कामदारको रुपमा काम गरिरहेका नेपालीहरु लाभान्वित हुनेछन् । उनिहरुमध्ये अधिकांश अनडकुमेन्टेड छन् । उनीहरुलाई बैधानिक बनाउँदा उनीहरु सहजै नेपाल आउन र रोजगारमा फर्कन सक्नेछन् । अहिले बिदेशमा घरेलु कामदारको रुपमा काम गर्दै आएका कयौं नेपालीहरु श्रम स्वीकृति नपाउने हुँदा नेपाल फर्किएर पुन: काममा फर्किन नपाउने डरले लामो समयदेखि बिदेशी भूमिमै बस्दै आएका छन् । त्यस्तै भिजिट भिसामा गएर काम गरिरहेकाहरु समेत सरकारले दिने नयाँ सुविधामा समेटिने छन् । यसका लागि जो-जो अवैधानिक छन् उनिहरुलाई विदेशमै श्रम स्वीकृति दिने व्यवस्था मिलाईने मन्त्रालयको तयारी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते