१ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युएईमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन एनआरएनएको सक्रियता

२१ असार २०८०, बिहीबार ०४:०४

असार २१, काठमाडौँ । युएईमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन एनआरएनए युएईले सक्रियता बढाएको छ । गत मंगलबार युएईमा एनआरएनए युएईले कार्यक्रमनै आयोजना गरेर सामाजिक सुरक्षा कोषको बारेमा जानकारी लिएको छ । 

नेपाली युवाहरुको मुख्य श्रम गन्तव्य मध्य रहेको युएईस्थित दुबईमा आयोजित कार्यक्रममा एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगानाले सामाजिक सुरक्षा कोषमा आफूहरुले बुझेर युएईमा कार्यरत लाखौँ नेपालीहरुलाई कोषबारे बुझाउने उदेश्य आफूले राखेको बताए ।


अध्यक्ष ढुंगानाले कोषमा आवद्धता अनिवार्य रहेको कारण युएई आएका नेपालीहरुलाई सामाजिक सुरक्षा कोष आफ्नै लागि हो भन्ने प्रत्याभूति हुने गरि बुझाउन जरुरी गरेको बताए । कार्यक्रमका बीच उनले भने 'ओमन स्थित मस्कटमा भएको आठौँ मध्यपूर्वी भेलामा एनआरएनएले सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिएर बहश गरेको हुनाले एनआरएनएको आगामी क्रियाकलाप सामाजिक सुरक्षा कोषमा आवद्धता बढाउने समेत हुन्छ । मैले भेलाबाट सामाजिक सुरक्षा कोषको बारेमा आधा कुरा बुझेको थिएँ, आजको कार्यक्रमबाट पुरै कुरा बुझ्नेछु ।' 

दुबईलाई आयोजित कार्यक्रममा नेपालबाट ओमन हुँदै दुबई पुगेका पत्रकार अनिल अधिकारीले सामाजिक सुरक्षा कोषको बारेमा आफ्नो अनुभव सहित सामाजिक सुरक्षा कोषमा कसरी जोडिने भन्नेबारे ब्रिफिङ गरेका थिए । पत्रकार अधिकारीले आफूले सामाजिक सुरक्षा कोषमा जोडिएर लिएको सुविधा सहित कोषमा आवद्ध हुँदा हुने फाइदाबारे जानकारी गराए । पत्रकार अधिकारीले भने 'कोषमा नियमित जोदिदा धेरै फाइदा छ । अरु केहि फाइदा नहेरे पनि कम्तिमा बचत हुने कुरा महत्वपूर्ण कुरा हो । कोषमा आवद्ध हुनेहरुले जीवनमा आईपर्न सक्ने जोखिमलाई बहन गर्ने क्षमता राख्ने कुरा महत्वपूर्ण कुरा हो । जसले जीवनमा क्षेती भोग्छ उसका लागि सामाजिक सुरक्षा बरदान जस्तै हो ।' पत्रकार अधिकारीले अगाडी भने 'जीवनमा कोषबाट फाइदा लिनकै निम्ति कुनै अप्रिय घटना नहोस् तर पनि कोषमा आवद्ध हुँदा फाइदा छ । मैले तीन बर्षमा झन्डै तीन लाख रकम कोषमा जम्मा गरेछु । यो रकम मैले मासिक जम्मा गरेको थिएँ । मलाई लाग्छ सामाजिक सुरक्षा कोषमा यसरी मासिक रकम जम्मा नगरेको भए मेरो यति रकम कतै बचत नहुन सक्थ्यो । साथै मलाई आफू र आफ्नो आश्रित परिवार सुरक्षित छ भन्नेमा ढुक्क हुने अवस्था छ ।' 


कार्यक्रममा सहभागीहरुले कोषमा आवद्ध हुने तरिका तथा मासिक रकम भुक्तानी गर्ने तरिकाबारे जानकारी लिएका छन् । सहभागीहरुले आफू जानाकार रहेर मासिक कोषमा रकम राख्ने सम्बन्धमा युएईमा रहेका अरु नेपालीहरुलाई पनि सिकाउने बताए । यसै सम्बन्धमा युएई स्थित एनआरएनएका अध्यक्ष ठाकुर प्रसाद ढुंगानाले एनआरएनएले विश्वभर रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराई राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले भने 'एनआरएनएले यसलाई अभियानकै रुपमा अगाडी बढाउन सक्नुपर्छ ।' यो अभियानले राज्यको अर्थतन्त्रलाई चलायमान गराउनुको साथै बिदेशिएका नेपालीहरुलाई सामाजिक सुरक्षा योजना भित्र समेट्न सकिने अध्यक्ष ढुंगानाको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खेलकुदका लागि सबै क्षेत्रले सक्रियता देखाउनुपर्छ : सभामुख चीनले विकास गर्यो अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमताको जेट विश्वप्रकाश भन्छन् : खेलकुदको जस्तो नियममा बसे राजनीति सुध्रिन्छ बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गरियो : प्रधानमन्त्री ‘डोरी’ मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध, मङ्सिर दोस्रो साता फ्लोरमा जाने कांग्रेस र एमालेको उद्देश्य भ्रष्टाचारीहरुलाई रक्षा गर्ने हो : प्रचण्ड सरकारले मनपरी रुपमा कर लिएको भन्दै प्रदर्शन नीजि क्षेत्रसँग मिलेर काम नगरे अर्थतन्त्रमा सुधार आउँदैन : मन्त्री सिंह ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु मंसिर २७ देखि उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी सम्बन्धी सम्मेलन मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता को को ? रबिनको ‘तिमी हिँड्ने बाटो’ मा बिना राउत जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौंमा प्रदर्शन ‘कर प्रशासन र कर्मचारी जवाफदेही हिसावले राजश्व संकलन गर्नुपर्छ’ डिजेल र मट्टितेलको भाउ बढ्यो पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो कति छ आज तरकारी र फलफूलको मूल्य ? रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनलमा