२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

ज्वालामुखी गाउँपालिकाबाटै वैदेशिक रोजगारमा जान पुन: श्रम स्वीकृति दिन सुरु

२०८०, २२ असार शुक्रबार ०८:१२

अनिल अधिकारी । असार २२, धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले आजदेखि वैदेशिक रोजगारमा जानेहरुहरुलाई पुन:श्रम स्वीकृति दिन सुरुवात गरेको छ । गाउँपालिका स्थित रोजगार सेवा केन्द्रले पहिलो पटक ज्वालामुखी ५ का जितेन्द्र फ्यालीलाई वैदेशिक रोजगारमा जान पुन: श्रम स्वीकृति जारी गरि यो सेवाको शुभारम्भ गरेको हो । 


सेवाको शुभारम्भ गरेको विषयमा जानकारी दिंदै ज्वालामुखी गाउँपालिकाकि रोजगार संयोजक रमिला थापा मगरले आफूहरुले केहि समय अघिदेखिनै पालिका भित्रका युवाहरुलाई वैदेशिक रोजगारको लागि श्रम स्वीकृतिको लागि सहयोग गर्ने सूचना जारी गरेपनि सेवा लिन नआएको बताईन् । उनले बुधबार पहिलो पटक जितेन्द्र फ्यालीबाट सेवा लिन आएपछि पालिकाकै सहयोगमा बिहिबारनै पुन:श्रम स्वीकृति प्राप्त भएको जानकारी दिएकि छन् । 'बाहिर साइबर र श्रम गरिदिन्छु भन्ने एजेन्टले धेरै पैसा अशुलेर ठगि गर्ने सम्भावना हुन्छ तर हामीले निशुल्क सहयोग गर्छौं ।' थापाको भनाई छ । स्थानिय निकायबाटै वैदेशिक रोजगारमा जानेहरुले पुन: श्रम स्वीकृतिको लागि सहयोग पाउने भएपछि क्रमश सेवाग्राही बढ्ने रोजगार संयोजक थापाको भनाई छ । 

सरकारले यसअघि  वैशाख १ देखि वैदेशिक रोजगारीमा जाने कामदारले स्थानीय निकायबाट नै श्रम स्वीकृतिका लागि निवेदन दिन सक्ने घोषणा गरेको थियो । तर अधिकांश स्थानिय निकायले यसको सुरुवात गर्ने योजनामा रहेको बताएपनि धेरै स्थानिय तहबाट यो कामको सुरुवात हुन सकेको छैन । स्थानिय स्तरबाटै सेवा प्राप्त गर्दा बिचौलिया तथा साइबर प्रतिनिधिहरुलाई चर्को शुल्क तिर्नु पर्दैन । पछिल्लो समय श्रम स्वीकृति निकालिदिने बहानामा बिचौलिया तथा साइबरहरुले १५ सय देखि तीन हजारसम्म अशुल्दै आएका छन् । स्थानिय स्तरबाटै श्रम स्वीकृत पाउने हो भने निशुल्क पाउन सकिने व्यवस्था छ ।

श्रम मन्त्रालयका अनुसार स्थानिय तहका रोजगार संयोजकले बेरोजगार सूचीकृत गर्नुका साथै वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिन चाहेमा प्रारम्भिक सेवा दिनेछन् । वैदेशिक रोजगारमा पुन: श्रम स्वीकृति लिने प्रक्रियाको लागि आवश्यक कागजपत्र संकलन गर्न केन्द्रका कर्मचारीले कामदारलाई सहयोग गर्नेछन् । 

वैदेशिक रोजगारीमा जाने कामदारले काठमाडौंस्थित श्रम कार्यालयबाट मात्रै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था थियो । केही समयअघि श्रम मन्त्रालयले सातैवटा प्रदेशमा श्रम कार्यालय विस्तार गरी कार्यालयमार्फत श्रम स्वीकृति लिन सकिने व्यवस्था गरेको छ । श्रम स्वीकृति लिने व्यवस्थालाई अझै सहज बनाउँदै सरकारले स्थानीय निकायबाट श्रम स्वीकृतिका निवेदन दिन सक्ने व्यवस्था गरेको हो । पछिल्लो घोषणा अनुसार क्रमश स्थानिय स्तरबाटै वैदेशिक रोजगारको पुन:श्रम स्वीकृति दिन सुरु भईरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते