२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युरोपबाट ४० हजार नेपाली श्रमिकको माग, दूतावासबाट मागपत्र प्रमाणीकरण नहुँदा समस्या

२०८०, २४ असार आईतवार १०:५७

असार २४, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायीका अनुसार  युरोपका विभिन्न मुलुकबाट ४० हजार नेपाली कामदारको माग आएको छ । रोमानिया, पोर्चुगल, माल्टा, पोल्यान्ड लगायतका देशबाट ४० हजार नेपाली कामदारको माग आएको हो । तर, दूतावासले माग प्रमाणीकरण नगरिदिँदा ती मागहरू लामो समयदेखि थन्किएर बसेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले ४० को डिमान्ड दूतावासबाट प्रमाणीकरण नहुँदा एप्रुभ हुन नसकेको बताए । जसले गर्दा संस्थागत तबरबाट युरोप जान चाहने नेपाली श्रमिक जान नपाएको उनको भनाइ छ ।

युरोपका अधिकांश देशमा नेपाली दूतावास छैनन् । एउटै दूतावासले ७/८ देश हेर्नुपर्ने बाध्यता छ । जसले गर्दा उनीहरूले माग प्रमाणीकरणबारे हेर्न नसकिएको दूतावासका अधिकारीहरू बताउँछन् ।

युरोपका विभिन्न देशहरूमा लाखौं तिरेर दलाल मार्फत जाने गरेका छन् । जसले गर्दा ठगीका घटना समेत बढ्दो क्रममा देखिएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहालले दलाल मार्फत युरोप लगायतका विभिन्न देशमा जान खोज्दा ठगीका घटना बढ्दो क्रममा रहेको बताए । युरोपमा संस्थागत मार्फत कामदार पठाउन सकिएको खण्डमा ठगीका घटना कम हुने उनको भनाइ छ ।

दूतावासको कार्य व्यस्तताका कारण माग प्रमाणीकरण नहुँदा यसको विकल्प अघि सारिएको छ । तर, त्यो निर्देशिका संशोधनसहित रायका लागि परराष्ट्र मन्त्रालयमा पठाएको महिनौँ भयो । मन्त्रालयबाट राय सुझाव आउन सकेको छैन ।

वैदेशिक रोजगारीमा श्रमिक पठाउन म्यानपावर कम्पनीहरूले सम्बन्धित देशमा रहेका नेपाली दूतावासबाट कामको माग पत्र प्रमाणीकरण अनिवार्य रूपमा गराउनुपर्छ । यसका लागि ‘वैदेशिक रोजगार सम्बन्धी माग पत्र जाँचबुझ निर्देशिका, २०७५’ कार्यान्वयनमा छ । माग पत्र प्रमाणीकरण गर्दा देखिएका विविध समस्यालाई मध्यनजर गरी नेपाली नियोग नभएको मुलुकबाट प्राप्त हुने श्रमिकको माग पत्र नेपालबाटै प्रमाणीकरण गर्ने व्यवस्था मिलाउने उद्देश्यले उक्त निर्देशिका संशोधन गरिएको थियो । उक्त संशोधन मस्यौदाबारे परराष्ट्र मन्त्रालयलाई राय सहमतिका लागि २७ चैत २०७९ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्र पठाएको थियो ।

त्यसमा मन्त्रालयले अहिलेसम्म राय सहमति दिन सकेको छैन । जसले गर्दा ४० हजारको डिमान्ड अन्य देशमा जाने खतरा बढेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी भने ‘हामीले डिमान्ड त लिएका छौँ । तर, माग प्रमाणीकरण हुँदैन । जति ढिला भयो उनीहरूले अर्को देशमा पठाउँछन्’ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते