२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

माल्टा पठाईदिन्छु भनी लाखौं रकम ठगी गर्ने एक महिला पक्राउ

२०८०, २५ असार सोमबार १२:२६

असार २५, काठमाडौँ | माल्टा पठाइदिन्छु भन्दै पाँच लाख पचासी हजार ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ परेकी छन् ।

वैदेशिक रोजगारीको लागि संजय गिरीलाई माल्टा पठाईदिन्छु भन्दै, त्यसको लागि रु. ६ लाख रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु मासिक रु. १ लाख भन्दाबढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ५ लाख ८५ हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा गोरखा पालुङटार न.पा. वडा नं. ५ स्थाई घर भई हाल का.जि. तार्केश्वर न.पा. फुटुङ बस्दै आएकी २९ वर्षीय सुस्मा तामाङ रहेकी प्रहरीले बताए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तारकेश्वर न.पा. फुटुङबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण