२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारको लागि विदेशिने नेपालीको नयाँ रेकर्ड: एकै बर्षमा ७ लाख ७१ हजार युवा बिदेसिए

२०८०, १ श्रावण सोमबार १२:१७

साउन १, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारमा जाने नेपालीको संख्याले हालसम्मकै उच्च रेकर्ड राखेको छ । गत आर्थिक बर्षको रेकर्ड अनुसार ७ लाख ७१ हजार युवा बिदेसिएका हुन् । 


झन्डै तीन बर्षको कोरोना कालपछि सहज बनेको वैदेशिक रोजगारसंगै विदेशिने नेपालीको संख्या ह्वात्तै बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी ७ लाख ७१ हजार ३२७ जना श्रमिक नयाँ तथा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका हुन् । बिभागको अनुसार पछिल्लो असार महिनामा वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिनेहरुको संख्या ५१ हजार ६५० जना रहेका छन् ।
यो संख्याले भिजिट भिसाको बाटो हुँदै विदेश जाने, सिजनल वर्करको रुपमा जाने तथा अध्ययनको उदेश्यले बिभिन्न कन्सल्टेन्सीमार्फत विदेश जानेहरुलाई समेट्दैन । त्यस्तै अवैध बाटो हुँदै घरेलु कामदारको रुपमा गएका हजारौं महिलाहरु समेत माथिको तथ्यांकमा समेटिएको छैन । पछिल्लो समय वैदेशिक रोजगारको लक्ष्य लिएर अध्ययन तथा भिजिटमा समेत हजारौं नेपाली युवाहरु बिदेशका बिभिन्न मुलुकहरुमा पुगेका छन् । कति नेपाली भिजिटमा गए र कति फर्किए/फर्किएनन् भन्ने तथ्यांक सरकारसंग नहुँदा भिजिटमा वा अन्य प्रयोजनमा विदेश गएर उतै बसेकाहरुको तथ्यांक निकाल्न सकिएको छैन । 

नेपालमा प्रयाप्त रोजगारको अवसर नहुँदा नेपाली युवाहरुको लागि वैदेशिक रोजगार सबैभन्दा सहज बिकल्प बनिरहेको छ । युवाहरुलाई स्वदेशमै उद्दमशीलतामा जोड्न प्रत्येक बर्ष सरकारी योजना बजेट मार्फत तेर्सिएपनि युवाहरुले स्वदेशमा स्वरोजगार हुने वातावरण पहिचान गर्न सकेका छैनन् । त्यसो त बढ्दो महंगीका कारण सेदेश्मा रोजगार पाएकाहरुको आकर्षण समेत वैदेशिक रोजगारनै बनेको अवस्था छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण