२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

रोजगारीका लागि साउदी गएका १५ जना नेपाली रियादमा अलपत्र, उद्धार गरिदिन सरोकारवालासँग आग्रह

२०८०, ५ श्रावण शुक्रबार ११:४९

साउन ५, काठमाडौँ | रोजगारीका लागि साउदी अरेबिया आइपुगेका १५ जना नेपाली रियादमा अलपत्र परेका छन्। काठमाडौंमा रहेको टारगेट एचआर सोलुसन मेनपावरबाट साउदी आएका उनीहरू ६ महिनादेखि अलपत्र परेका हुन्। 

अलपत्र पर्नेमा रोल्पाका दीपक विक, घोटाङका थमबहादुर खत्री, सिन्धुपाल्चोकका किरण खड्का, नवपरासी शिव प्रताव मिश्र, खोटाङ भरत मगर, रामेछापका साजनकुमार मोक्तान, सिराहा विजय कुमार महतो, काठमाडौंका ममकुमार तामाङ, धरानका पेमा शेर्पा, काठमाडौं बाबु काजी, तनहुँका सुजन आर्चाय, बर्दिबासका समिर मगर, काभ्रेका समिर विक, नवलपरासीका सागर गुप्ता, मकवानपुरका रामकृष्ण बाइवा रहेका छन्।

उनीहरू  रोजगारका लागि विसं २०७९ माघ २४ गते रियाद आएका थिए। ८ घण्टा काम गरेबापत १२ सय साउदी रियाल पारिश्रमिक दिने सहमति गरिएको थियो। थप दुई घन्टा ओटी गरे महिनाको १५ सय रियाल सम्म हुने आश्वासनमा उनीहरू साउदीको रिकन्स्ट्रक्शन एन्ड कन्ट्रोल फर कन्ट्याटिङ इस्ट नामक कम्पनीमा ड्राईभर रूपमा काम गर्न आएका थिए। तर सम्झौता विपरीत आफूहरूले काम गर्नुपरेको उनीहरूको भनाइ छ। 

उनीहरू भने 'हामीलाई सुरुमा सम्झौता विपरीत काम गर्न लगाइयो र ६ महिनासम्म काम गर्दा २ महिनाको तलब दिएको र बाँकी तलबको कुरा गर्दा इकामा आइडी नबनाइदिने, काम रोकेर राख्ने, कार्यरत ठाउँबाट स्थानान्तरण गरी अर्को ठाउँमा लगेर राख्ने र मानसिक तनाव दिने गर्छन्,'। हामीलाई तीन महिनादेखि जबर्जस्ती कुकुर मार्ने काममा लगाएका छन्,' उनीहरूले भने। पिउने पानीदेखि खाद्यान्नसम्म नपाएको उनीहरूको गुनासो छ।  उनीहरूबाट म्यानपावरले कम्पनीको भिसा भन्दै प्रतिव्यक्ति १ लाख ५० हजारदेखि २ लाख ३० हजारसम्म लिएको बताए। 

कम्पनीले अलपत्र पारेको जानकारी म्याननपावरमा कार्यरत बस्नेतलाईलाई गराउँदा उल्टै धम्की दिने गरेको बताए | मानसिक यातना बोकेर कुकुर मार्ने काम गरेको भन्दै आफूहरूलाई उद्धार गरिदिन सरोकारवाला पक्षसँग आग्रह गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते