२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

रोजगारीका लागि साउदी गएका १५ जना नेपाली रियादमा अलपत्र, उद्धार गरिदिन सरोकारवालासँग आग्रह

५ श्रावण २०८०, शुक्रबार ११:४९

साउन ५, काठमाडौँ | रोजगारीका लागि साउदी अरेबिया आइपुगेका १५ जना नेपाली रियादमा अलपत्र परेका छन्। काठमाडौंमा रहेको टारगेट एचआर सोलुसन मेनपावरबाट साउदी आएका उनीहरू ६ महिनादेखि अलपत्र परेका हुन्। 

अलपत्र पर्नेमा रोल्पाका दीपक विक, घोटाङका थमबहादुर खत्री, सिन्धुपाल्चोकका किरण खड्का, नवपरासी शिव प्रताव मिश्र, खोटाङ भरत मगर, रामेछापका साजनकुमार मोक्तान, सिराहा विजय कुमार महतो, काठमाडौंका ममकुमार तामाङ, धरानका पेमा शेर्पा, काठमाडौं बाबु काजी, तनहुँका सुजन आर्चाय, बर्दिबासका समिर मगर, काभ्रेका समिर विक, नवलपरासीका सागर गुप्ता, मकवानपुरका रामकृष्ण बाइवा रहेका छन्।

उनीहरू  रोजगारका लागि विसं २०७९ माघ २४ गते रियाद आएका थिए। ८ घण्टा काम गरेबापत १२ सय साउदी रियाल पारिश्रमिक दिने सहमति गरिएको थियो। थप दुई घन्टा ओटी गरे महिनाको १५ सय रियाल सम्म हुने आश्वासनमा उनीहरू साउदीको रिकन्स्ट्रक्शन एन्ड कन्ट्रोल फर कन्ट्याटिङ इस्ट नामक कम्पनीमा ड्राईभर रूपमा काम गर्न आएका थिए। तर सम्झौता विपरीत आफूहरूले काम गर्नुपरेको उनीहरूको भनाइ छ। 

उनीहरू भने 'हामीलाई सुरुमा सम्झौता विपरीत काम गर्न लगाइयो र ६ महिनासम्म काम गर्दा २ महिनाको तलब दिएको र बाँकी तलबको कुरा गर्दा इकामा आइडी नबनाइदिने, काम रोकेर राख्ने, कार्यरत ठाउँबाट स्थानान्तरण गरी अर्को ठाउँमा लगेर राख्ने र मानसिक तनाव दिने गर्छन्,'। हामीलाई तीन महिनादेखि जबर्जस्ती कुकुर मार्ने काममा लगाएका छन्,' उनीहरूले भने। पिउने पानीदेखि खाद्यान्नसम्म नपाएको उनीहरूको गुनासो छ।  उनीहरूबाट म्यानपावरले कम्पनीको भिसा भन्दै प्रतिव्यक्ति १ लाख ५० हजारदेखि २ लाख ३० हजारसम्म लिएको बताए। 

कम्पनीले अलपत्र पारेको जानकारी म्याननपावरमा कार्यरत बस्नेतलाईलाई गराउँदा उल्टै धम्की दिने गरेको बताए | मानसिक यातना बोकेर कुकुर मार्ने काम गरेको भन्दै आफूहरूलाई उद्धार गरिदिन सरोकारवाला पक्षसँग आग्रह गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान