पोल्याण्ड पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने एक युवक पक्राउ

Posted on: 24 Jul, 2023

साउन ८, काठमाडौँ | पोल्याण्ड पठाइदिन्छु भन्दै १ लाख ५० हजार ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१ बस्ने ४२ वर्षीय पुष्पराज जोशी रहेको प्रहरीले बताए ।। पक्राउ परेका जोशीले पोल्याण्ड पठाइदिन्छु भन्दै पटक पटक गरेर पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका जोशीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!