२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

इपिएस कोरियाको चेतावनी: भाषा परीक्षा रोके कोरियामा नेपालीले रोजगारीको अवसर गुमाउँछन्

२०८०, ८ श्रावण सोमबार १५:३३

साउन ८, काठमाडौँ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षामा अवरुद्द खडा भएमा नेपालीले दक्षिण कोरियाको रोजगारी गुमाउन सक्ने चेतावनी दिएको छ । कोरियाबाट फर्किएका ‘रिटनी’ हरू ले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा रोक्ने चेतावनी दिएपछि कोरिया पक्षबाट यस्तो चेतावनी आएको हो । 

ईपीएस सेन्टर नेपालका प्रमुख किमउन दकले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । जारी बिज्ञप्तिमा रोजगार अनुमति प्रणाली १६ वटै मुलुकका लागि समान र पारदर्शी रूपमा लागू भइरहेको र नेपालका लागि विशेष व्यवस्था हुन नसक्ने भनिएको छ । रिटर्नीहरूको विरोधका कारण परीक्षा र कोरिया प्रवेशमा असर परे परीक्षा तयारी गर्दै गरेका धेरै युवाले अवसर गुमाउने चेतावनी दिईएको छ । 

विज्ञाप्तिमा रिटर्नीहरूलाई जबर्जस्ती छनोट गर्न लगाउन सकिँदैन भन्दै रोस्टरमा भएका श्रमिक नसकुन्जेल परीक्षा स्थगित गराएरकेही रिटर्नी कोरिया जान पाउन सक्ने सम्भावना रहेको जानकारी दिईएको छ । सन् २०२२ मा १४ हजार ४९५ जना नेपालीलाई कोरिया रोजगारीको लागि प्रवेश दिईएको थियो । जुन ईपीएस प्रणाली लागू भएका १६ राष्ट्रमध्ये कोरिया प्रवेश गर्ने सबैभन्दा बढी नेपाली श्रमिक हुन् ।

सन् २०२३ मा १६ वटै देशबाट १ लाख १० हजार विदेशी श्रमिक कोरिया भित्र्याउने योजना छ । जसका लागि रोस्टरमा दुई गुणा बढीको अनुमान गरी परीक्षामा धेरै उत्तीर्ण गराइएको थियो ।

२०२३ जुलाई १९ सम्म १४ हजार ३५९ जना नेपाली श्रमिक कोरिया प्रवेश गरिसकेका छन् । यसमा नयाँ श्रमिक १० हजार ११४ जना र ४ हजार २४५ जना कमिटेड श्रमिक रहेको ईपीएस नेपालले जनाएको छ । कमिटेड श्रमिकको अनुपात ३० प्रतिशत रहेको छ ।

हाल नेपालमा परीक्षा पारदर्शी हुनुका साथै कोरियामा छिर्ने नेपाली श्रमिकको संख्या ठूलो भएकाले १६ राष्ट्र मध्ये उत्कृष्ट उदाहरण बनेको नेपाल ईपीएस सेन्टर प्रमुख दकले बताएक छन् । 

यस्तो छ विज्ञप्ति: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते