कोरिया जाने हो ? भाषा परिक्षा खुल्यो !

Posted on: 30 Jul, 2023

साउन १४, काठमाडौं । तपाईं रोजगारिका लागि विदेश जान चाहनुहुन्छ ? विदेश जाने तयारीमा हुनुहुन्छ भने कोरियन भाषा परिक्षाका लागि आवेदन माग गरिएको छ । इपीएस कोरिया शाखाले आज (आइतबार) सूचना जारी गर्दै भाषा परिक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । 


नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीपत्र अनुरुप रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई लैजान आवेदन खुलेको छ ।

पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उमेदवारको छनौट गर्न कोरियन भाषा परिक्षा सञ्चालन गरिने जनाइएको हो । साउन २० गतेदेखि २४ गतेसम्म १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सकिनेछ । भाषा परिक्षा आगामी असोज १ गते सोमबारदेखि हुने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!