२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

सबैभन्दा धेरै कामदार पठाउने म्यानपावर क्रमश: द रिभर, इन्टरनेशनल र नीलकमल, (टप-२५ मा कुन कुन ?)

२०८०, १५ श्रावण सोमबार ०९:०१

साउन १५, काठमाडौँ । गत आर्थिक बर्ष २०७९/८० को १२ महिनाको अवधिभर बिभिन्न देशमा बिभिन्न ८६७ म्यानपावर कम्पनीहरुले कामदार वैदेशिक रोजगारमा पठाएका छन् । जस मध्ये सबैभन्दा बढी कामदार बत्तीसपुतली गौशाला स्थित द रिभर ओभरसिसले पठाएको छ । उक्त म्यानपावर कम्पनीले गत आर्थिक बर्ष २०७९/८० मा मात्र ५३१३ जना पुरुष कामदार र २३३ महिला कामदार गरि ५५४६ जनालाई वैदेशिक रोजगारमा पठाएको छ । 


वैदेशिक रोजगार विभागले तयार पारेको गत वर्ष वैदेशिक रोजगारमा पठाउन अन्तिम श्रम स्वीकृति लिएका कम्पनीको सूचीमा दोश्रो नम्वरमा ललितपुरस्थित इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालि रहेको छ । उक्त म्यानपावर कम्पनीले गत आर्थिक बर्षमा ४८१७ जना पुरुष कामदार र ५१८ जना महिला कामदारलाई वैदेशिक रोजगारमा पठाउन अन्तिम श्रम स्वीकृति पाएको छ । त्यस्तै तेश्रो नम्वरमा सिनामंगल स्थित स्थित निलकमल ह्युमन रिसोर्स प्रालि रहेको छ । उक्त म्यानपावर कम्पनीले गत आर्थिक बर्ष मात्र २६८५ पुरुष कामदार र १५५२ महिला कामदार गरि ४२३७ जनाको अन्तिम श्रम स्वीकृति लिएको छ । 


गत आर्थिक बर्षको रेकर्ड अनुसार सबैभन्दा बढी महिला कामदार पठाउने म्यानपावर कम्पनी सिनामंगल स्थित स्थित निलकमल ह्युमन रिसोर्स प्रालि (१५५२ जना) रहेको छ । त्यस्तै महिला कामदार धेरै पठाउनेमा दोश्रो नम्बरमा ललितपुर स्थित एअरकिङ्ग प्लेसमेन्ट प्रालि (१०५३ जना) रहेको छ । त्यस्तै महिला कामदार धेरै पठाउने म्यानपावरहरुको तेश्रो सूचिमा सिनामंगल स्थित सपोर्ट ह्युमन रिसोर्स प्रालि (७४९ जना) रहेको छ । 

तल गत आर्थिक बर्ष सबैभन्दा बढी कामदार पठाउने टप २५ म्यानपावर कम्पनीहरुको सूचि दिईएको छ । यो सूचि अनुसार परेका सबै म्यानपावर कम्पनीहरुले गत आर्थिक बर्षभारीमा २ हजार भन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाएका छन् । 

डाटा स्रोत: वैदेशिक रोजगार बिभाग

बिभागको तथ्यांक अनुसार गत आर्थिक बर्षको १२ महिनामा ८६७ म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारमा जानेहरुको संख्या ४ लाख ३ हजार ६४१ जना रहेका छन् । यो कुल संख्या मध्ये ३६ हजार ७०२ जना महिला कामदारहरु वैदेशिक रोजगारमा गएका हुन् । बैदेशिक रोजगारमा जाने कुल संख्याको हिसावमा महिलाको संख्यालाई तुलना गर्दा हरेक १०० जना वैदेशिक रोजगारमा जाँदा महिलाको संख्या ९ जना रहेको छ । 

तथ्यांक अनुसार गत आर्थिक बर्ष पुन:श्रम स्वीकृति नवीकरण, व्यक्तिगत तथा संस्थागत गरि कुल ७ लाख ७१ हजार ३२७ जनाले वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिएका छन् । यसै संख्या अनुसार २ लाख २ हजार ६१६ जान अनस्किल्ड, ५ लाख ६ हजार ७४६ जना स्किल्ड, ६० हजार ५५५ जना सेमी स्किल्ड, एक हजार १५३ जना प्रोफेसनल र २५७ जना हाइस्किल्ड कामदारको रुपमा वैदेशिक रोजगारमा गएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते