२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

रोजगारीको सिलसिलामा मलेसिया पुगेका क्षेत्रीको मृत्यु, मलेसियामै गरियो अन्त्येष्टि

२०८०, १६ श्रावण मंगलवार ०३:१९

साउन १६, काठमाडौँ | रोजगारीको सिलसिलामा मलेसिया पुगेका रूपन्देहीका भरत बहादुर क्षेत्रीको मलेसियामा नै मृत्यु भए पश्चात आइतबार मलेसियाको पेनाङ्गमा अन्तिम संस्कार गरिएको छ ।       

रोजगारीका लागि मलेसिया पुगेका उनी विगत १९-२० वर्ष अगाडि देखि नै परिवार र आफन्तहरूसँग सम्पर्क विहीन रहेको जनउद्धार केन्द्र मलेसिया जनाएको छ । गत डिसेम्बर २२ मा मृत्यु भएका उनको पार्थिव शरीर लामो समयदेखि त्यहाँको पेराक राज्यको इपो शहरस्थित एक अस्पतालमा बेवारिसे अवस्थामा थियो ।

अस्पताल प्रशासन, नेपाली दूतावास र जनउद्धार केन्द्रको अथक प्रयासमा परिवार सम्पर्कमा ल्याएर परिवारको अनुमति तथा दूतावासको स्वीकृती पछि जनउद्धार केन्द्र मलेसियाले सम्पूर्ण व्यवस्थापन सहित अन्तिम संस्कार गरिएको केन्द्रका अध्यक्ष किशु थापाले जानकारी दिए ।

अन्तिम संस्कार कार्यमा लागेको सम्पूर्ण खर्च समेत जनउद्धार केन्द्रले व्यवस्थापन गरेको जनाएको छ । अवैधानिक रुपमा बसोबास गर्दै आएको , लामो समयसम्म घरपरिवारसँग सम्पर्कमा नरहेको र साथमा कुनै परिचय खुल्ने कागजात नभेटिएको हुँदा शवको पहिचान गर्न डिएनए परिक्षण समेत गर्नुपरेको थियो ।

विद्धुतिय शवदाह गृहमा अन्तिम संस्कार गर्ने बेला उनका परिवार र आफन्त भिडियो कल मार्फत जोडिएर सहभागिता जनाएको अध्यक्ष थापाले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण