क्यानाडा पठाईदिन्छु भनी लाखौँ रकम ठगी गर्ने व्यक्ति पक्राउ

Posted on: 06 Aug, 2023

साउन २१, काठामाडौँ । वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भनी रु. ३ लाख ७४ हजार ठगी गर्ने एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा दोलखा जिल्ला जिरी न.पा.वडा नं.६ घर भई हाल जिल्ला काठामाडौँ बुढानिलकण्ठ न.पा.वडा नं. ३ बस्ने फुलमाया जिरेल रहेकी छन् ।

उनले नवराज घिमिरेलाई वैदेशिक रोजगारीको क्यानाडा पठाईदिन्छु भनी लाखौँ रकम ठगी  गरेका थिए।

थप अनुसन्धान तथा कारवाहीको लागि जिरेललाई वैदेशिक रोजगार विभाग ताहाचल, काठामाडौँ पठाईएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!