२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगार विभागको अनलाइन श्रम स्वीकृति दिने सिस्टममा एक सातादेखि समस्या

२०८०, २२ श्रावण सोमबार ०८:११

साउन २२, काठमाडौँ | अनलाइन मार्फत श्रम स्वीकृति प्रदान गर्ने प्रणालीमा एक सातादेखि समस्या आएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको फेमिसमा प्राविधिक समस्या आएको हो । जसले गर्दा श्रम स्वीकृति लिने, पुनः श्रम स्वीकृति लिने काममा समस्या भइरहेको छ ।

एक सातादेखि आएको समस्या अझै सल्टिन सकेको छैन् । विभागका महानिर्देशक मदन दहालले प्राविधिक समस्या आएको र टेक्निकल टिमले सल्टाउने काम गरिरहेको बताए । ‘हिजोबाट अलि अलि चलिरहेको छ । आईटीका साथीहरूले समस्या समाधानका लागि लागिरहेका छन् । चाँडै बन्छ होला ।’ दहालले भने ।

अनलाइन सिस्टम बन्द हुँदा हजारौं व्यक्तिहरूको टिकट खेर गएको व्यवसायीहरूको भनाई छ । ‘हजारौं जनाको टिकट काटेर राखिएको थियो । तर, श्रम स्वीकृतिको काम नहुँदा टिकट नै खेर जाने अवस्था आयो । सिस्टम इरर भनेर व्यवसायीलाई दुःख दिने काम भयो ।’ एक व्यवसायीले भने ।

विभागले हाल अनलाइन मार्फत नै श्रम स्वीकृति, तथा पुनः श्रम स्वीकृतिको काम गर्दै आएको छ । सिस्टममा आएको प्राविधिक समस्याका कारण वैदेशिक रोजगारीमा जान लागेका हजारौं श्रमिकहरू समस्यामा परेका छन् । कतिपयको टिकट नै रद्ध गर्नुपर्ने अवस्था आएको छ । विभागले चाडै समस्याको समाधान हुने बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते