२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

‘श्रम मन्त्रालयको ध्यान वैदेशिक रोजगारलाई कसरी स्मुथ बनाउँने भन्नेमा केन्द्रित छ’ (भिडियो सहित)

२०८०, २५ श्रावण बिहीबार ०४:२९

साउन २५, काठमाडौं । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले मन्त्रालयको सम्पूर्ण ध्यान वैदेशिक रोजगारलाई कसरी स्मुथ बनाउँने भन्नेमा केन्द्रित रहेको बताएका छन् । बुधबार मन्त्रालयद्वारा आयोजित ‘वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारसँगको छलफल’ कार्यक्रममा सचिव भण्डारीले वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन मन्त्रालय केन्द्रित रहेको दाबी गरे । 

उनले सही सूचनाको प्रवाह, ठगी नियन्त्रणलगायतका विषयबाट वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन मन्त्रालय केन्द्रित रहेको बताए ।  उनले वैदेशिक रोजगार क्षेत्रलाई मात्र ध्यान दिँदा नेपालको आन्तरीक श्रमको अवस्था कमजोर अवस्थामा रहेको बताए । उनले भने 'वैदशिक रोजगारको कामलाई स्थानीयकरण गर्नुपर्छ भनेर जिम्मा लिएका छौं, त्यसैले  अलि धेरै लोडका साथ काम गरीरहेका छौ ।’ 

त्यस्तै उनले वैदेशिक रोगजारीमा युवाहरुको आकर्षण रहेको कारण तत्काल नेपालमै युवाहरुलाई रोक्न सम्भव नभएको भन्दै वैदेशिक रोजगार क्षेत्रलाई पनि व्यवस्थित गर्ने काम भइरहेको बताए । उनले भने ‘वैदेशिक रोजगारीमा नपठाउनुको विकल्प छैन । यस सम्बन्धमा देखिएका समस्यालाई समाधान गरी व्यवस्थित, सुरक्षित गर्ने विषयमा मन्त्रालय केन्द्रित छ ।’ सचिव भण्डारीले वैदेशिक रोजगारमा कामदार पठाउने म्यानपावरहरुले इथिकल रिक्रुमेन्टलाई ध्यान दिएका छन् कि छैनन् भन्ने कुरामा मन्त्रालय केन्द्रित रहेको बताए । 

मन्त्रालयले आगामी कार्यदिशामा तालिमयुक्त जनशक्ति निर्माण गर्ने, परामर्श सेवा प्रदायक संस्थालगायतका व्यवसायी तथा व्यक्तिगत ठगी नियन्त्रण गर्ने, सेवा शुल्क, घरेलु कामदार, माग प्रमाणीकरण, सूचना सम्प्रेषणमा एकरूपता ल्याउनेलगायतका विषयमा सरकार गम्भीर रहेको बताएका छन् । 

छलफल कार्यक्रममा बिभिन्न संचारमाध्यममा आवद्ध संचारकर्मीहरुले श्रम रोजगार क्षेत्रभित्रको बेथिति औंल्याउँदै त्यस बिरुद्ध सरकारले ध्यान दिनुपर्ने ध्यानाकर्षण गराएका थिए । संचारकर्मीहरुले मन्त्रालयले रोजगारका क्षेत्रहरु खोज्न, बिभिन्न देशसँग श्रम सम्झौता गर्न, राम्रो काम गर्ने म्यानपावरहरुलाई सम्मान गर्नुपर्ने तथा गलत गर्नेलाई कारवाही गर्नुपर्ने, फ्री भिसा फ्री टिकटको नीतिलाई कार्यान्वयनमा जोड दिनुपर्ने साथै सामाजिक संजालमा आउने भ्रामक बिज्ञापनहरुलाई नियन्त्रण गर्नुपर्ने विषय उठाएका थिए । 

कार्यक्रममा वैदेशिक रोजगार बिभागमा महानिर्देशक मदन दाहालले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन वैदेशिक रोजगार बिभाग तत्पर रहेको बताए । उनले बिभाग सिमित स्रोत-साधनमा चलेको हुँदा ब्यापक समस्या समाधानमा अफ्ट्यारो भएको बताए । उनले भने 'हाम्रो स्रोतले भ्याएसम्म गरेका छौं । गलत गर्नेहरुलाई छुट हुँदैन । मंगलबार मात्र एउटा म्यानपावरलाई दफा ५१ अन्तर्गत खारेज गरेका छौं ।' यसैबीच बिभागले बुधार पनि अर्को एक म्यानपावरको इजजात खारेज गरेको छ । ति म्यानपावरहरुले कामदारबाट रकम अशुली गरेर क्षेतिपूर्ति दिन आनाकानी गरेको बिभागले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण