२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

‘श्रम मन्त्रालयको ध्यान वैदेशिक रोजगारलाई कसरी स्मुथ बनाउँने भन्नेमा केन्द्रित छ’ (भिडियो सहित)

२५ श्रावण २०८०, बिहीबार ०४:२९

साउन २५, काठमाडौं । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले मन्त्रालयको सम्पूर्ण ध्यान वैदेशिक रोजगारलाई कसरी स्मुथ बनाउँने भन्नेमा केन्द्रित रहेको बताएका छन् । बुधबार मन्त्रालयद्वारा आयोजित ‘वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारसँगको छलफल’ कार्यक्रममा सचिव भण्डारीले वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन मन्त्रालय केन्द्रित रहेको दाबी गरे । 

उनले सही सूचनाको प्रवाह, ठगी नियन्त्रणलगायतका विषयबाट वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन मन्त्रालय केन्द्रित रहेको बताए ।  उनले वैदेशिक रोजगार क्षेत्रलाई मात्र ध्यान दिँदा नेपालको आन्तरीक श्रमको अवस्था कमजोर अवस्थामा रहेको बताए । उनले भने 'वैदशिक रोजगारको कामलाई स्थानीयकरण गर्नुपर्छ भनेर जिम्मा लिएका छौं, त्यसैले  अलि धेरै लोडका साथ काम गरीरहेका छौ ।’ 

त्यस्तै उनले वैदेशिक रोगजारीमा युवाहरुको आकर्षण रहेको कारण तत्काल नेपालमै युवाहरुलाई रोक्न सम्भव नभएको भन्दै वैदेशिक रोजगार क्षेत्रलाई पनि व्यवस्थित गर्ने काम भइरहेको बताए । उनले भने ‘वैदेशिक रोजगारीमा नपठाउनुको विकल्प छैन । यस सम्बन्धमा देखिएका समस्यालाई समाधान गरी व्यवस्थित, सुरक्षित गर्ने विषयमा मन्त्रालय केन्द्रित छ ।’ सचिव भण्डारीले वैदेशिक रोजगारमा कामदार पठाउने म्यानपावरहरुले इथिकल रिक्रुमेन्टलाई ध्यान दिएका छन् कि छैनन् भन्ने कुरामा मन्त्रालय केन्द्रित रहेको बताए । 

मन्त्रालयले आगामी कार्यदिशामा तालिमयुक्त जनशक्ति निर्माण गर्ने, परामर्श सेवा प्रदायक संस्थालगायतका व्यवसायी तथा व्यक्तिगत ठगी नियन्त्रण गर्ने, सेवा शुल्क, घरेलु कामदार, माग प्रमाणीकरण, सूचना सम्प्रेषणमा एकरूपता ल्याउनेलगायतका विषयमा सरकार गम्भीर रहेको बताएका छन् । 

छलफल कार्यक्रममा बिभिन्न संचारमाध्यममा आवद्ध संचारकर्मीहरुले श्रम रोजगार क्षेत्रभित्रको बेथिति औंल्याउँदै त्यस बिरुद्ध सरकारले ध्यान दिनुपर्ने ध्यानाकर्षण गराएका थिए । संचारकर्मीहरुले मन्त्रालयले रोजगारका क्षेत्रहरु खोज्न, बिभिन्न देशसँग श्रम सम्झौता गर्न, राम्रो काम गर्ने म्यानपावरहरुलाई सम्मान गर्नुपर्ने तथा गलत गर्नेलाई कारवाही गर्नुपर्ने, फ्री भिसा फ्री टिकटको नीतिलाई कार्यान्वयनमा जोड दिनुपर्ने साथै सामाजिक संजालमा आउने भ्रामक बिज्ञापनहरुलाई नियन्त्रण गर्नुपर्ने विषय उठाएका थिए । 

कार्यक्रममा वैदेशिक रोजगार बिभागमा महानिर्देशक मदन दाहालले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन वैदेशिक रोजगार बिभाग तत्पर रहेको बताए । उनले बिभाग सिमित स्रोत-साधनमा चलेको हुँदा ब्यापक समस्या समाधानमा अफ्ट्यारो भएको बताए । उनले भने 'हाम्रो स्रोतले भ्याएसम्म गरेका छौं । गलत गर्नेहरुलाई छुट हुँदैन । मंगलबार मात्र एउटा म्यानपावरलाई दफा ५१ अन्तर्गत खारेज गरेका छौं ।' यसैबीच बिभागले बुधार पनि अर्को एक म्यानपावरको इजजात खारेज गरेको छ । ति म्यानपावरहरुले कामदारबाट रकम अशुली गरेर क्षेतिपूर्ति दिन आनाकानी गरेको बिभागले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान