घरेलु कामदारको रुपमा कुवेत पुगेका दुई नेपाली महिलाको मृत्यु

Posted on: 10 Aug, 2023

साउन २५, एजेन्सी | बैदेशिक रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली महिला कामदारको मृत्यु भएको छ । घरेलु कामदारको रुपमा कुवेत पुगेका चितवन भरतपुरका दिलकुमारी तामाङ र मकवानपुर हेटौंडा पदमपोखरीका मायादेवी थिङको मृत्यु भएको हो ।

कुवेतस्थित आदान अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको बताईएको छ । मालिकको घरबाट भागेर गैरकानुनी रुपमा काम गर्दै आएका उनीहरु बिरामी भएर करिव एक महिनादेखि आदान अस्पताल पुगेका उनिहरुको उपचारको क्रममा मृत्‍यु भएको कुवेतका अध्यक्ष नारायण घलानले जानकारी दिए । मृतक मायादेवीलाई कसले र कसरी अस्पतालसम्म पुर्‍याइदिएको भन्ने केही खुल्न सकेको छैन् भने उनको साथमा केही कागज पत्र नभएको अध्यक्ष घलानले जानकारी दिए ।

चितवनकी दिलकुमारीको मृत्यु कारण अझै खुल्न नसकेको बताईएको छ । कुवेत स्थित  नेपाली दूतावासमा  मृतकहरूको बारेमा जानकारी आई नसकेको बताएका छन् । जानकारी आउने बित्तिकै आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मृतकका शव नेपाल पठाइने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!