२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

५३ वटा मेनपावरले एक वर्षमा २० जना पनि श्रमिक विदेश पठाएनन्

२०८०, २८ श्रावण आईतवार ११:५३

साउन २८, काठमाडौँ | मेनपावर व्यवसायीले वर्ष दिनमा कम्तीमा १०० जना श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने कानूनी व्यवस्था छ । वैदेशिक रोजगार ऐन २०६४ र नियमावलीले पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा एकसय जना कामदार वैदेशिक रोजगारमा पठाएको प्रमाणित हुने कागजात पेश गरेको खण्डमा मात्र व्यवसायीको इजाजतपत्र नवीकरण हुने व्यवस्था छ । तर, पछिल्लो केही वर्षयता मन्त्रिस्तरीय निर्णयबाट बाधा अड्काउन फुकाऊँ मार्फत जति कामदार पठाएपनि नवीकरण गराउँदै आएको छ ।


गत आर्थिक वर्षमा ८६७ मेनपावर कम्पनीले ४ लाख ३ हजार ६४१ जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा ३ लाख ६६ हजार ९३९ पुरूष र ३६ हजार ७०२ जना महिलालाई ती मेनपावर मार्फत वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

त्यसरी वैदेशिक रोजगारीमा पठाउने कतिपय यस्ता व्यवसायी छन्, जसले वर्षभरिमा २० जना समेत पठाउन सकेका छैनन् । कतिपय मेनपावर व्यवसायीले वर्षभरिमा १ जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् । ३ वटा मेनपावर व्यवसायीले वर्ष दिनमा १/१ जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् । वर्ष दिनमा २० जनाभन्दा कम कामदारलाई वैदेशिक रोजगारीमा पठाउने मेनपावरको संख्या ५३ रहेको छ ।

ती ५३ वटा संस्थाहरूले गत वर्ष ६३ महिलासहित ४८३ जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् । वर्षदिनभरीमा १०० जना श्रमिक समेत वैदेशिक रोजगारीमा पठाउन नसकेपछि उनीहरूको वर्षभरिमा के गर्छन् भन्नेमा धेरैको चासो छ । संस्था खोल्दा २ करोड रुपैयाँ धरौटी राख्नुपर्ने, उनीहरूको बर्सभरिको भाडा, कर्मचारीको तलब भत्ता लगायतका खर्च के कसरी गर्छन् भन्ने प्रश्न उठ्छ ।

यतिमात्र नभएर उनीहरूले प्रत्येक वर्ष १० हजार रुपैयाँ तिरेर नवीकरण समेत गराउनुपर्ने हुन्छ । यस्तै प्रवृत्ति विद्यमान रहेको भन्दै तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले नियमावली संशोधन गरेर एक वर्षमा १०० जना कामदार नपठाउने मेनपावर व्यवसायीको इजाजत नवीकरण नगर्ने बनाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण