२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

५३ वटा मेनपावरले एक वर्षमा २० जना पनि श्रमिक विदेश पठाएनन्

२८ श्रावण २०८०, आईतवार ११:५३

साउन २८, काठमाडौँ | मेनपावर व्यवसायीले वर्ष दिनमा कम्तीमा १०० जना श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने कानूनी व्यवस्था छ । वैदेशिक रोजगार ऐन २०६४ र नियमावलीले पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा एकसय जना कामदार वैदेशिक रोजगारमा पठाएको प्रमाणित हुने कागजात पेश गरेको खण्डमा मात्र व्यवसायीको इजाजतपत्र नवीकरण हुने व्यवस्था छ । तर, पछिल्लो केही वर्षयता मन्त्रिस्तरीय निर्णयबाट बाधा अड्काउन फुकाऊँ मार्फत जति कामदार पठाएपनि नवीकरण गराउँदै आएको छ ।


गत आर्थिक वर्षमा ८६७ मेनपावर कम्पनीले ४ लाख ३ हजार ६४१ जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा ३ लाख ६६ हजार ९३९ पुरूष र ३६ हजार ७०२ जना महिलालाई ती मेनपावर मार्फत वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

त्यसरी वैदेशिक रोजगारीमा पठाउने कतिपय यस्ता व्यवसायी छन्, जसले वर्षभरिमा २० जना समेत पठाउन सकेका छैनन् । कतिपय मेनपावर व्यवसायीले वर्षभरिमा १ जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् । ३ वटा मेनपावर व्यवसायीले वर्ष दिनमा १/१ जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् । वर्ष दिनमा २० जनाभन्दा कम कामदारलाई वैदेशिक रोजगारीमा पठाउने मेनपावरको संख्या ५३ रहेको छ ।

ती ५३ वटा संस्थाहरूले गत वर्ष ६३ महिलासहित ४८३ जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् । वर्षदिनभरीमा १०० जना श्रमिक समेत वैदेशिक रोजगारीमा पठाउन नसकेपछि उनीहरूको वर्षभरिमा के गर्छन् भन्नेमा धेरैको चासो छ । संस्था खोल्दा २ करोड रुपैयाँ धरौटी राख्नुपर्ने, उनीहरूको बर्सभरिको भाडा, कर्मचारीको तलब भत्ता लगायतका खर्च के कसरी गर्छन् भन्ने प्रश्न उठ्छ ।

यतिमात्र नभएर उनीहरूले प्रत्येक वर्ष १० हजार रुपैयाँ तिरेर नवीकरण समेत गराउनुपर्ने हुन्छ । यस्तै प्रवृत्ति विद्यमान रहेको भन्दै तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले नियमावली संशोधन गरेर एक वर्षमा १०० जना कामदार नपठाउने मेनपावर व्यवसायीको इजाजत नवीकरण नगर्ने बनाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान