वैदेशिक रोजगारको अवैध विज्ञापन गर्ने दुई म्यानपावर र दुई कन्सल्टेन्सी कारवाहीमा

Posted on: 16 Aug, 2023

साउन ३१, काठमाडौँ । वैदेशिक रोजगार बिभागले बिभिन्न दुई म्यानपावर र दुई कन्सल्टेन्सीलाई कारवाही गरेको छ । बिभागले वैदेशिक रोजगार ऐनको नीति विपरित अवैधानिक बिज्ञापन गरेको कारण कारवाही गरेको हो । 

बिभागले स्वीकृति बिनै सामाजिक संजालको प्रयोग गरि नेपाली युवाहरुलाई वैदेशिक रोजगारमा पठाइदिने भन्दै बिज्ञापन गरेको तथा राहदानी संकलन गरेको आरोपमा काठमाडौको बसुन्धरा स्थित क्यापिटल रिक्रुटमेन्ट सर्भिस प्रालि र इगल म्यानपावर कन्सल्टेन्ट प्रालिलाई कारवाही गरेको हो । यी दुवै म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार ऐनको दफा ५२ अनुसार कारवाहि गर्दै जनही २/२ लाख जरिवाना गराइएको छ । 


त्यस्तै बिभागले वैदेशिक रोजगार ऐनको दफा ४३ बिपरित वैदेशिक रोजगार सँग सम्बन्धित बिज्ञापन सामाजिक संजाल फेसबुक र ट्विटरमा हालेर सर्वसाधारणलाई भ्रम सृजना गरेको आरोपमा ललितपुर स्थित सुयान एजुकेसन प्रालि र ललितपुरमै रहेको एलाइट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरमा स्थलगत अनुगमन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । 

बिभागले यसै सम्बन्धमा सूचना जारी गर्दै आम सर्वसाधारण युवाहरुलाई सामाजिक संजालमा आउने भ्रमपूर्ण बिज्ञापनमा विश्वास नगर्न अनुरोध गरेको छ । साथै बिभागले वैदेशिक रोजगार बिभागको स्वीकृति नलिई कुनै पनि 

वैदेशिक रोजगारको प्रलोभनमा बिज्ञापन प्रकाशन/प्रशारण नगर्न ध्यानाकर्षण गराएको छ । 

पछिल्लो समय वैदेशिक रोजगारको आकर्षक प्रलोभन देखाई वैदेशिक रोजगारमा ठगि गर्ने गिरोहको सक्रियता बढिरहेको गुनाशो बढेपछि बिभागले सक्रिय रुपमा वैदेशिक रोजगार अन्तर्गत हुने अवैध बिज्ञापन नियन्त्रणको लागि काम गरिरहेको बिभागका महानिर्देशक मदन दाहालले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!