२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कुवेत रोजगारमा गएका ४७ जना नेपाली युवाहरु समस्यामा, सम्बन्धित पक्ष गैरजिम्मेवार

२०८०, २१ भाद्र बिहीबार ११:३०

भदौ २१, काठमाडौँ । वैदेशिक रोजगारको क्रममा बिभिन्न म्यानपावर कम्पनी मार्फत श्रम स्वीकृति लिएर कुवेत पुगेका ४७ जना नेपालीहरुले आफूहरुलाई यथासक्य उद्धार गर्न पहल गरेका छन् । कुवेत स्थित 'ब्लु सी ट्रेडिङ को डब्लुएलएल' कम्पनीमा क्लिनर पदमा रोजगारीको लागि गएका युवाहरु एक महिनादेखि काम बिहिन र तलब बिहिन बन्दा समस्यामा परेका छन् । पीडितहरु तिनकुने स्थित बैभव ओभरसिज प्रालि र बसुन्धरास्थित गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालि मार्फत वैदेशिक रोजगारमा कुवेत पुगेका हुन् ।


पीडित युवाहरुका अनुसार उनिहरुले मासिक ८५ केडी तलब कमाई हुने रोजगारको लागि म्यानपावर तथा एजेन्टहरुलाई एक लाख ६० हजार देखि २ लाखसम्म बुझाएका थिए । कुवेतको राम्रो कम्पनी हो भन्दै म्यानपावरले पठाए पनि कुवेत पुगेपछि बिभिन्न नाममा पैसा काटेर मासिक १५/२० हजार पनि कमाउन हम्मेहम्मे परेको पीडितहरुले बताएका छन् । यसरी समस्या भोग्नेको संख्या सयौं छन् । पीडितहरुले काम पाएको अवस्थामा मासिक १२ देखि १८ हजारसम्म मात्र कमाएको बताएका छन् । म्यानपावरले पठाउँदा १२ घण्टा काम गरे १२० केडी र १६ घण्टा गरे १५० केडी कमाई हुन्छ भनि प्रलोभनमा पारेर वैदेशिक रोजगारमा पठाए पनि अधिकांशले भनेजस्तो ओभरटाईम पाउन नसकेको बताए । तर अहिले ओभरटाइम त परको कुरा कामविहीन बन्दा महिना दिनदेखि बिना तलब बस्नु परेको पीडितहरुको गुनाशो छ ।

पीडितहरु मध्ये चितवनका बद्रि तिमल्सिना भन्छन् – 'मैले कुवेत आउँदा तिनकुने स्थित बैभव ओभरसिज म्यानपावरलाई एक लाख ६० हजार बुझाएर आएको हुँ । अहिले समस्या पर्दा पैसा लिने म्यानपावरको मान्छेले मेरो फेसबुकनै ब्लक गरिदिएको छ । म्यानपावरलाई सम्पर्क गर्दा कम्पनीले काम दिन्छ भन्दै बसेको एक महिना भईसक्यो । काम लगाउन सकेन । खानको पैसा पनि दिदैन ।' पीडितहरुले उक्त कम्पनीबाट समस्यामा परेका सय भन्दा बढी नेपालीहरु आफ्नै प्रयासमा नेपाल फर्किसकेको जानकारी दिए । 

पीडितहरुको प्रतिनिधित्व गर्दै तिमल्सिना आफ्नो व्यक्तिगत समस्या बताउँछन् – '८ महिनामा मासिक १५/२० हजारको दरले पठाउँदा बल्ल-तल्ल ऋण तिरियो, अब त आफ्नो लागि पैसा बचाइएला भनेको कम्पनीले कन्ट्याक पाएन र हामी काम बिहिन बन्यौं । अब फेरी घरबाट पैसा मागेर नेपाल फर्किन पर्ने बाध्यता आयो ।'  

समस्यामा परेका युवाहरुले कुवेत स्थित नेपाली दुतावासमा आफ्नो समस्या जानकारी गराउँदा दुतवासले कम्पनीको कन्ट्याक टुटेर समस्या भएको भए यथासक्य नेपाल फर्किन सुझाव मात्र दिएको तर समस्यामा पार्ने कम्पनी र म्यानपावरसँग कुनै पहल नगरिदिएको बताए । पीडितहरुको आरोप छ 'दुतावास जिम्मेवार कुरा गर्दैन । दुतावास पनि कम्पनी र म्यानपावरको पक्षमा छन्, श्रमिकको पक्षमा छैनन् ।' 

यता पीडितहरुले आफ्नो समस्या समाधानको लागि पटक पटक पहल गर्दा म्यानपावरले पनि बिभिन्न बहाना बनाईरहेको बताएका छन् । 'म्यानपावरले बहाना मात्र बनाउँछ । कम्पनी जाउ, कुरा गरिदिएको छु, काम दिन्छ, भन्छन् । कम्पनी गयो, काम छैन, तिमीहरु नेपाल फर्क भन्छ ।' पिडितहरुको गुनाशो छ । 

पिडीतहरुले सम्बन्धित कम्पनीमा धेरै नेपालीहरु काम र तलब बिहिन बनेको कारण यथासक्य उद्दारको लागि नेपाल सरकारसँग अपिल गरेका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण