२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो, सचेत रहन प्रहरीको आग्रह

२९ भाद्र २०८०, शुक्रबार ०७:३३

भदौ २९, काठमाडौँ | केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक व्यक्तिले ३४ लाख गुमाए।

गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’ र बायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनु भनी पटक–पटक ह्वाट्सएपबाट माग गरे। पीडितले कागजात पठाए।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उरीक्षक रवीन्द्र रेग्मीका अनुसार  कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिहरुका नाममा रहेको बैंक खातामा पैसा मागेको पनि भेटिएको थियो।

त्यसरी ठगी गर्ने कार्यमा कास्कीका लक्ष्मण नेपाली र सप्तरीका महावीरप्रसाद संलग्नता रहेको पत्ता लागेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ।

उनीहरु अहिले कानुनी कारबाहीको दायरामा छन्। दुई दिनअघि मात्रै क्यानडा जाने लोभमा पर्दा भूमिराज राईले ११ लाख गुमाए।

आफू ठगिएको थाहा पाएपछि परेको उजुरीका आधारमा क्यानडा पठाइदिन्छु भनी झन्डै रु ११ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार सेक्युरिटी गार्डमा काम लगाइदिने र त्यसबापत मासिक रु दुई लाख तलब हुने लोभ देखाएर ठगी गरिएको थियो।

यस्तै घटना पीडित आशामाया लामालाई वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गरेकी काठमाडौँको सामाखुसी बस्ने ५० वर्षीय केशरी श्रेष्ठ पक्राउ परेकी छन्। यी घटनाहरु पछिल्ला एक साताका हुन्।

यस्ता घटना दिन प्रतिदिन बढिरहेको प्रहरीको अभिलेखले देखाएको छ। सर्बिया, मलेसिया, क्यानडा, टर्की, अमेरिका, बेलायतलगायत देशमा पठाइदिने भनी यसरी रकम ठगी गर्ने गिरो सक्रिय भइरहेका छन्।

वैदेशिक रोजगारीका नाममा सर्वसाधारण नागरिक ठगी हुने क्रम बढेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार मानिसहरु छिटो पैसा कमाउने लोभमा फस्दा लाखौँ रकम डुब्ने गरेको पाइएको हो।

प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायत पछिल्ला समयमा वैदेशिक रोजगारीका नाममा दैनिक जसो नै मानिसहरु ठगिएका घटनाहरु देखिएको बताउँछन्।

उनले यो क्रम विगतका वर्षहरुभन्दा बढ्दो क्रममा रहेको देखिएको बताए।

अनलाइन तथा वैदेशिक रोजगारीका नाममा हुने ठगी अत्यधिक रुपमा बढिरहहँदा त्यतिकै सुरक्षा चुनौती पनि थपिएको प्रहरीको निष्कर्ष छ।

यसतर्फ प्रथमतः नागरिक आफैँ सचेत हुनुपर्ने डीआइजी कडायत बताउँछन्।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की