२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

जापान पठाइदिने भन्दै ठगेको आरोपमा दुई जना पक्राउ

२ आश्विन २०८०, मंगलवार ११:३६

असोज २, काठमाडौँ | जापान पठाइदिने भन्दै ठगेको आरोपमा दुई जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई ठगी आरोपमा पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

खोटाङ घर भई काठमाडौं महानगर-२९ घट्टेकुलो बस्ने ४५ वर्षीय राजकुमार गुरूङ र सुनसरी घर भई घट्टेकुलो बस्ने २८ वर्षीय उदय गुरूङ पक्राउ परेका हुन्।


उनीहरूले वैदेशिक रोजगारका लागि जापान पठाइदिने भन्दै पटकपटक गरी पीडितबाट २ लाख ७० हजार रुपैयाँ लिएको आरोप छ।

एसपी रेग्मीका अनुसार उनीहरूले जापानमा जान पीडितलाई १५ लाख भए पुग्ने बताएका थिए। त्यहाँ कुकको काममा लगाइदिने र मासिक एक लाख रुपैयाँ बराबरको तलब हुने भनेर पीडितलाई प्रलोभनमा पारेर ठगी गरेको खुलेको हो।

पीडितबाट रकम लिएर सम्पर्कबिहीन भएपछि वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेको थियो। उक्त पत्राचारपछि प्रहरीले दुई जनालाई मंगलबार घट्टेकुलोबाट पक्राउ गरेको हो।

उनीहरूमाथि थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की