२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

जापान पठाइदिने भन्दै ठगेको आरोपमा दुई जना पक्राउ

२०८०, २ आश्विन मंगलवार ११:३६

असोज २, काठमाडौँ | जापान पठाइदिने भन्दै ठगेको आरोपमा दुई जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई ठगी आरोपमा पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

खोटाङ घर भई काठमाडौं महानगर-२९ घट्टेकुलो बस्ने ४५ वर्षीय राजकुमार गुरूङ र सुनसरी घर भई घट्टेकुलो बस्ने २८ वर्षीय उदय गुरूङ पक्राउ परेका हुन्।


उनीहरूले वैदेशिक रोजगारका लागि जापान पठाइदिने भन्दै पटकपटक गरी पीडितबाट २ लाख ७० हजार रुपैयाँ लिएको आरोप छ।

एसपी रेग्मीका अनुसार उनीहरूले जापानमा जान पीडितलाई १५ लाख भए पुग्ने बताएका थिए। त्यहाँ कुकको काममा लगाइदिने र मासिक एक लाख रुपैयाँ बराबरको तलब हुने भनेर पीडितलाई प्रलोभनमा पारेर ठगी गरेको खुलेको हो।

पीडितबाट रकम लिएर सम्पर्कबिहीन भएपछि वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेको थियो। उक्त पत्राचारपछि प्रहरीले दुई जनालाई मंगलबार घट्टेकुलोबाट पक्राउ गरेको हो।

उनीहरूमाथि थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण