४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

टर्की पठाइदिन्छु भन्दै ३० जनाको एक करोडभन्दा बढी ठगी गर्ने एक महिला पक्राउ

९ आश्विन २०८०, मंगलवार ०८:३३

असोज ९, काठमाडौँ | वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै करोडौँको ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पोखराको लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरुची भुजेल रहेकी छिन् ।

भुजेलसहितको संलग्नतामा पोखराका ४२ वर्षीय विनोद श्रेष्ठले सिर्जन कुमार राईसमेत ३० जनालाई टर्की पठाइदिन्छु भन्दै ठगी गरेका थिए । भूकम्पपछि पुनर्निर्माणका लागि यूएनले सहयोग गर्ने उद्देश्यले मासिक १४ सय अमेरिकी डलर तलब दिने प्रलोभन देखाई पीडितबाट १ करोड १५ लाख ९९ हजार ८ सय रुपैयाँ ठगी गरेको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । 

उनि विरुद्ध आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागले पठाएको पत्रका आधारमा सीआईबीको टोलीले भुजेललाई आसोज ६ गते पोखराबाट पक्राउ गरेको हो । काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ