२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

चाडबाड मनाउन विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? के-के र कति सामान ल्याउन पाइन्छ ?

१५ आश्विन २०८०, सोमबार ११:५८

असोज १५, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल आउँदा ल्याउन पाउने सामानको बारेमा जानकारी गराएको छ । आज एक प्रेस विज्ञप्ति जारी गरेर यस्तो जानकारी गराएको हो ।

कार्यालयका अनुसार दशैं, तिहार तथा छठमा विदेशबाट नेपाल आउने यात्रुहरुले आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानूनले छुट सुविधा दिएको सामान छुटमा ल्याउन पाउने छन् । व्यक्तिगत प्रयोजनमा राजस्व तिरेर ल्याउन सकिने उल्लेख गरिएका सामानबाहेक अन्य सामान नल्याउन कार्यालयले अनुरोध गरेको छ ।


भन्सारले साउदी अरब, युनाइटेड अरव इमिरेट्स, कतार, हङकङ, थाइल्याड तथा मलेसियाका अन्तराष्ट्रिय विमानस्थल तथा आसपासबाट अपरिचित व्यक्तिले मेरो घरमा पुर्याउने सामान हो भनेर नल्याउन आग्रह गरेको छ ।

‘मेरो आफन्त त्रिभुवन विमानस्थलमा लिन आउनु हुन्छ । तपाइलाई केही पैसा सहयोग गर्छु भन्दै प्रलोभनमा पारी विभिन्न सामानहरु (जस्तै ल्यापटप, मोबाइल, सुन, घडी आदि) पठाउने र यसरी त्यस्ता मालवस्तु ल्याउने व्यक्तिहरु कानूनी कारबाहिमा पर्ने घटना बढ्दै गएको छ । अपरिचित व्यक्तिले दिएको सामान नल्याउनु होला’, कार्यालयका प्रवक्ता अम्बिका प्रसाद खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यात्रुले मापदण्डभन्दा बढि मालवस्तु लिएर आएमा, त्यस्तो मालवस्तु जफत हुने सो वस्तुको दोब्बर मूल्य बराबर धरौटी र जरिवाना तथा कैद सजाय समेत पाउने कानूनी व्यवस्थाको पनि कार्यालयले अवगत गराएको छ ।

विदेशबाट आउने व्यक्तिले ल्याउन पाउने सामान के-के हुन् ?

विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजन सम्बन्धि पछिल्लो व्यवस्थाअनुसार महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । यसैगरी, पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । एक जना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउँने व्यवस्था रहेको छ ।

गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिकी जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानूनी व्यवस्था रहेको छ ।

मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउँने कानूनी व्यवस्था रहेको छ । थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नु पर्दछ ।

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको छ ।

तर, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको भन्सारमा तिर्नु पर्ने व्यवस्था रहेको छ ।

यसैगरी ५ हजार अमेरीकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महशुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की