२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

बैदेशिक रोजगारको लागि नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाउने प्रलोभन देखाई ठगि गर्ने २ जना बिदेशी नागरिक पक्राउ

२०८०, १७ आश्विन बुधबार १२:१९

असोज १७, काठमाडौँ | बैदेशिक रोजगारको लागि विभिन्न देशमा पठाउने प्रलोभन देखाई ठगि कार्यमा संलग्न २ जना पाकिस्तानी र अजरबैजनी नागरिक पक्राउ परेका छन्।

पाकिस्तानी र अजरबैजनी नागरिकको साँगगाठ तथा मिलेमतोमा बैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाई दिन्छु भनि वर्कपर्मिट लगायतका नक्कली कागजातहरू देखाई विश्वास मा पारी  ठगी गर्ने योजना बनाईरहेको छ भन्ने जाहेरीको आधारमा निगरानी गर्ने क्रममा  यस कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलीले मंगलबार ठमेलमा रहेको होटल यात्री एण्ड दुड्डी सुइट्स एण्ड स्पाको कोठा नं. ३०४ र ३१४ बाट नियन्त्रणमा लिएको हो।

उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको छ ।      

पक्राउ परेका ब्यक्तिहरु:

१. पाकिस्तान राहुलपिन्डी घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ ठमेल बस्ने DIN MUHAMMAD को छोरा राहदानी नं. AK9821443 (पाकिस्तान) बाहक बर्ष ५१ को NAZIR MUHAMMAD ।

२. अजरबैजन देश घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ ठमेल बस्ने राहदानी नं. C00279710 (अजरबैजान) बाहक बर्ष ३१ की AYSEL HUSEYNIL ।

अनुसन्धानबाट खुल्न आएका कुराहरु

• प्रोसेसिङ गर्नको लागि लाग्ने चार्ज प्रतिव्यक्ति १०००।– डलर (नेपाली रू.१,३३,०००।-) लिने गरेको ।

• नक्कली अफर लेटर, वर्कपर्मिट, भिसा लगायतका कागजातहरू पठाई रकम पठाउन लगाउने गरेको । 

• अन्दाजी.नेपाली.रु. ८०,००,०००।–(असी लाख मात्र) रकम ठगि गरेको खुल्न आएको ।

• पिडितहरुलाई बिश्वास दिलाउनको लागि अजरबैजानमा समेत लगि घुमाई दिएको खुल्न आएको ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण