२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

इजरायलद्वारा २३ सय श्रमिकको माग: कृषि कामदारले १ हजार डलर जम्मा गर्नुपर्ने कुरा आएपछि…

२८ आश्विन २०८०, आईतवार १२:१०

असोज २८, काठमाडौँ |  इजरायलमा नेपाली श्रमिकहरू ‘जी टु जी’ अन्तर्गतमात्र जाने गरेका छन् । हाल ४ हजार ५०० को हाराहारीमा नेपाली श्रमिक इजरायलमा कार्यरत छन् । 

इजरायलले थप १ हजार ३०० केयरगिभर र कृषि क्षेत्रमा  १ हजार गरि २३ सय जना नेपाली श्रमिकको माग गरेको थियो । पछिल्लो समय नेपालबाट इजरायल रोजगारमा ११ सय नेपाली केयरगिभर पदमा रोजगारमा गईसकेका छन् । 

१ हजार ३०० केयरगिभर श्रमिक पठाउने प्रक्रिया इजरायल र प्यालेस्टाइनबिचको तनाव मत्थर हुनेबित्तिकै सुरू गर्ने सरकारको तयारी छ । इजरायल र प्यालेस्टाइनबिच तनावका श्रमिकको लागि आवेदन प्रक्रिया अहिले अनिश्चित बनेको छ ।

इजरायलले केयरगिभरसँगै १ हजार जना कृषि कामदारको समेत माग गरेको थियो ।  तर, कृषि कामदारले १ हजार अमेरिकी डलर डिपोजिट गर्नुपर्ने प्रावधानका कारण मन्त्रालयले यसलाई तत्कालका लागि पेण्डिङमा राखेको छ । 

नेपाल सरकारले शून्य लागतमा कामदार इजरायल पठाउने भन्दै आएको छ । तर, इजरायलको तर्फबाट १ हजार डलर डिपोजिट गर्ने कुरा आएपछि सरकार हच्किएको हो ।


प्रति कामदार एक हजार डलर पैसा जम्मा गर्नुपर्ने प्रस्ताव आएपछि यो विषयमा तत्काल कुनै जवाफ नदिइएको सहसचिव राजीव पोखरेलको भनाइ छ । ‘कृषिका लागि जाने कामदार सधैँ एउटै फार्ममा काम गर्दैनन् । एउटा फार्ममा केही समय काम गरेपछि त्यहाँ काम सकियो भने अर्को फार्ममा जानुपर्ने हुन्छ । एउटा फार्मबाट अर्को फार्ममा सिफ्ट गर्दा केही दिन काम नपाउने अवस्था हुन्छ वा काम खोजिदिनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि काम खोजिदिने एजेन्सी हुन्छन् । जसले ती मान्छेहरूलाई अर्को ठाउँमा सिफ्ट गर्ने वा काम खोजिदिने गर्दा उनीहरूको खर्चको लागि एक हजार डलर माग डिपोजिट गर्नुपर्ने भन्नुभयो ।’

कृषि कामदारको डिमाण्ड छोड्नु हुन्न भन्ने पक्षमा सरकार रहेको तर, त्यो एक हजार डलर डिपोजिटको कुरालाई कसरी व्यवस्थापन गर्ने भन्नेमा छलफल गरेर मात्रै निर्णयमा पुगिने सहसचिव पोखरेलको भनाइ छ ।

 इजरायल जाने श्रमिकले कम्तीमा १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने, र सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्याबाट केयर गिभरसम्बन्धी कम्तीमा तीन महिनाको तालिमसमेत लिएको हुनुपर्ने मापदण्ड छ। त्यस्तै अनमी वा सिएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको छ भने १० कक्षा उत्तीर्ण गरेको भए पनि हुन्छ । केयर गिभरमा अज्ञानको लागि उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको हुनुपर्ने मापदण्ड छ। 

अहिले इजरायल र गाजाबिच द्वन्द्व चर्किरहेको छ । नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत विभिन्न विश्वविद्यालयबाट २६५ जना विद्यार्थी इजरायल पुगेका थिए । उनीहरूले विभिन्न कृषि फार्ममा ११ महिने इन्टर्नसीप गर्दै आएका थिए । त्यही क्रममा ७ अक्टोबरमा बिहानै प्यालेस्टिनी विद्रोही समूह हमासले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी मारिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान