२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

शुन्य लागतमै जर्मनीले नेपाली श्रमिक लैजाने, आवेदन खुल्दै

२०८०, २९ आश्विन सोमबार ०२:१७

असोज २९, काठमाडौँ । गत मंगलबार सरकारले युरोपेली देश जर्मनीसँग श्रम सम्झौता गरेको छ । सम्झौता अनुसार जर्मनीले नेपाली श्रमिकहरूलाई एक वर्ष व्यावसायिक तालिम (प्रशिक्षार्थी कामदारको रुपमा) प्रदान गरी सम्बन्धित क्षेत्रमा रोजगारी दिने भएको छ । 

जर्मनीसँग भएको श्रम सम्झौताको लागि श्रम मन्त्री शरदसिंह भण्डारी नेतृत्वको टोली रोमानिया हुँदै जर्मनी पुगेको थियो ।  जर्मनीसँग सम्झौताको क्रममा नेपालले शुन्य लागतमै खान/बस्न सुविधा सहित सरकारी माध्यमबाट प्रशिक्षार्थी कामदारको रुपमा श्रमिक लैजाने विषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो । श्रम मन्त्रालयले दिएको जानकारी अनुसार जर्मनीले नेपाली दक्ष कामदार लैजान तीन महिनापछि आवेदन खोल्नेछ । आवेदनपछि छनौट प्रक्रियाबाट छानिएका नेपालीहरुलाई जर्मनी गएपछि भोकेस्नल ट्रेनिङ इन्स्टिच्यूटमा आफ्नो रुचि र क्षमतानुसार प्रशिक्षार्थी कामदारको रूपमा एक वर्ष तालिम दिइने छ । उक्त तालिम अवधिको पारिश्रमिक समेत पाइनेछ । तालिम लिएपछि जर्मनीको रोजगार बजारले मागे अनुसार तिनै प्रशिक्षार्थीहरुलाई भर्ति गरिनेछ । 

युरोपेली देश जर्मनी नेपाली श्रमिकहरुको लागि सुरक्षित देश अन्तर्गत पर्छ । साथै कमाईको दृष्टिकोणले समेत राम्रो कमाई गर्न सकिने देश अन्तर्गत पर्छ । जर्मनीमा नेपाली कामदारहरुले मासिक एक लाख ८० हजारसम्म कमाई गर्न सक्नेछन् । उक्त देशमा कुन-कुन पदमा कति जना लैजाने भन्ने कुरा भने आवेदन खुलेपछि थाहा हुनेछ । तर श्रम मन्त्रालयको आंकलन अनुसार बार्षिक सात हजार कामदार जर्मनी पठाउन सकिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते