४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

शुन्य लागतमै जर्मनीले नेपाली श्रमिक लैजाने, आवेदन खुल्दै

२९ आश्विन २०८०, सोमबार ०२:१७

असोज २९, काठमाडौँ । गत मंगलबार सरकारले युरोपेली देश जर्मनीसँग श्रम सम्झौता गरेको छ । सम्झौता अनुसार जर्मनीले नेपाली श्रमिकहरूलाई एक वर्ष व्यावसायिक तालिम (प्रशिक्षार्थी कामदारको रुपमा) प्रदान गरी सम्बन्धित क्षेत्रमा रोजगारी दिने भएको छ । 

जर्मनीसँग भएको श्रम सम्झौताको लागि श्रम मन्त्री शरदसिंह भण्डारी नेतृत्वको टोली रोमानिया हुँदै जर्मनी पुगेको थियो ।  जर्मनीसँग सम्झौताको क्रममा नेपालले शुन्य लागतमै खान/बस्न सुविधा सहित सरकारी माध्यमबाट प्रशिक्षार्थी कामदारको रुपमा श्रमिक लैजाने विषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो । श्रम मन्त्रालयले दिएको जानकारी अनुसार जर्मनीले नेपाली दक्ष कामदार लैजान तीन महिनापछि आवेदन खोल्नेछ । आवेदनपछि छनौट प्रक्रियाबाट छानिएका नेपालीहरुलाई जर्मनी गएपछि भोकेस्नल ट्रेनिङ इन्स्टिच्यूटमा आफ्नो रुचि र क्षमतानुसार प्रशिक्षार्थी कामदारको रूपमा एक वर्ष तालिम दिइने छ । उक्त तालिम अवधिको पारिश्रमिक समेत पाइनेछ । तालिम लिएपछि जर्मनीको रोजगार बजारले मागे अनुसार तिनै प्रशिक्षार्थीहरुलाई भर्ति गरिनेछ । 

युरोपेली देश जर्मनी नेपाली श्रमिकहरुको लागि सुरक्षित देश अन्तर्गत पर्छ । साथै कमाईको दृष्टिकोणले समेत राम्रो कमाई गर्न सकिने देश अन्तर्गत पर्छ । जर्मनीमा नेपाली कामदारहरुले मासिक एक लाख ८० हजारसम्म कमाई गर्न सक्नेछन् । उक्त देशमा कुन-कुन पदमा कति जना लैजाने भन्ने कुरा भने आवेदन खुलेपछि थाहा हुनेछ । तर श्रम मन्त्रालयको आंकलन अनुसार बार्षिक सात हजार कामदार जर्मनी पठाउन सकिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ