२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

रोमानिया, अल्बानिया र दुबई रोजगाको प्रलोभनमा योजनाबद्ध ५१ लाख ठगि (भिडियो सहित)

२०८१, ८ आश्विन मंगलवार १२:२९

असोज ७, काठमाडौँ । वैदेशिक रोजगारमा पठाउने प्रलोभनमा कयौं युवाहरुसँग डेढ बर्षदेखि अबैध ५१ लाख भन्दा बढी रकम अशुली गरेर ठगि गरेपछि युवाहरुले म्यानपावर घेरेका छन् । काठमाडौँ सामाखुसी स्थित एसोसीएट वेलकम इन्टरनेशनल प्रा.लि.मा युवाहरुले सोमबार म्यानपावरका म्यानेजर बताउने राजेश अधिकारीलाई घेराउ गर्दै धरपकड गरेका हुन् ।


सोमबार म्यानपावरमा पुगेका २१ जना पिडित सहित पीडितका आफन्तले सम्पर्क बिहिन बनेका म्यानपावर संचालक हरि प्रसाद अधिकारी र उनकी श्रीमती मधु तिमल्सिना अधिकारीलाई तत्काल म्यानपावर झिकाउन दवाब दिएका छन् । रोमानिया, अल्वानिया, दुबई लगायत देशमा रोजगारमा पठाईदिने प्रलोभन देखाई सम्बन्धित म्यानपावरले युवाहरुबाट प्रतिव्यक्ति ४ लाख ५० हजारसम्म अग्रिम अशुली गरेर १६ महिनादेखि झुलाएको पाइएको छ ।

सम्बन्धित म्यानपावरले सरकारबाट स्वीकृतिनै नलिएको डिमाण्डमा समेत वैदेशिक रोजगारमा पठाईदिने भन्दै रकम अशुली गरेको पाइएको छ । म्यानपावरले रकम अशुली गर्दा संचालककि श्रीमती र अन्य तेश्रो व्यक्तिको बैंक खाता अपचलन गरेको पाइएको छ । पीडीतहरुबाट प्राप्त जानकारी तथा प्रमाणका आधारमा २१ जना पीडितहरुले म्यानपावरको निर्देशन अनुसार ५० लाख ६३ हजार बिभिन्न व्यक्तिलाई बुझाएको प्रमाण सहितको कागजात पिडितहरुसँग छ । 

बिभागमा यस अघिनै पीडितहरुले सम्बन्धित म्यानपावर बिरुद्ध उजुरी दिएका छन् । उजुरी पछि म्यानपावर संचालक हरि प्रसाद अधिकारिकि श्रीमती मधु तिमल्सिना अधिकारीको नाममा पक्राउ पुर्जी समेत जारी भएको छ ।  तर बिभागका अनुसन्धान अधिकारीसंग पीडित युवाहरुले म्यानपावरकै निर्देशन अनुसार मधु तिमल्सिना अधिकारीको खातामा पैसा जम्मा गरिएको भन्दै त्यसलाई प्रमाणित गर्ने कागजात समेत पेश गर्दा बिभागले अनदेखा गरेको आरोप लगाएका छन् । यो ठगि प्रकरण योजनाबद्ध रहेको भन्दै बिभागसँग म्यानपावरको समेत मिलिमतो रहेको तथा संचालककै श्रीमतीको खाता प्रयोग भएको सम्बन्धमा पीडितहरुले ध्यानाकर्षण गराउँदा बिभागके अनदेखा गरेको आरोप लगाएका छन् । बैदेशिक रोजगारको प्रलोभनमा बर्षौं देखि भईरहेको यस्ता बेथिति नियन्त्रणमा बैदेशिक रोजगार बिभाग गुपचुप बस्नुले बिभाग माथिनै प्रश्नचिन्ह उठ्ने गरेको छ ।  

यस सम्बन्धित पुरा भिडियो रिपोर्ट हेर्नुहोस्: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण