२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाबाट बैदेशिक रोजगारीमा जाने बढ्दै

२०७३, १५ माघ शनिबार ०२:४२

माघ १५, दार्चुला । आफ्नै देशमा काम गर्ने तथा कमाउने अवसर कम भएपछि पछिल्लो समय विदेशजानेहरुको संख्या बढी रहेको छ । 

चालु आर्थिक बर्षमा दार्चुला जिल्लाबाट विभिन्न प्रयोजनका लागि दार्चुला जिल्लाका आठ सय बढीले विदेश जान आवस्यक पर्ने राहदानी लिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

 चालु अर्थिक बर्षको माघ १४ गतेसम्म द्रुत सेवा अन्तरगत राहदानी विभागबाटै राहदानी बनाउन दार्चुला जिल्लाबाट ६ सय ५९ जनाले सिफारिस लिएका छन् भने जिल्लाबाटै राहदानी प्राप्त गर्ने गरी १ सय ६२ जना गरि ८ सय २१ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालय राहदानी फाँटको तथ्याङ्क रहेको छ ।

 दार्चुला जिल्लामा गत आर्थिक बर्ष २०७२÷७३ मा दु्रतसेवाबाट राहदानी लिने ९ सय ८२ र जिल्लाबाटै राहदानी लिने २ सय ३० जना गरी एक हजार २ सय १२ जना रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ ।

 दार्चुलाबाट राहदानी लिनेहरुको संख्या हेर्दा गत बर्षको तुलनामा २ सय जना बढीले राहदानी लिएपछि दार्चुला जिल्लाबाट विदेश जानेहरुको संख्या बढ्दो क्रममा रहेको छ ।

 राहदानी लिएका सबैले विदेशमा कामदारकै रुपमा नजाने र अन्य प्रयोजनका लागि पनि जाने गरेको प्रमुख जिल्ला अधिकारी बासुदेब कोइरालाले बताउनु भयो । तर उक्त संख्या मध्ये अधिकाँश भने विदेशमा रोजगारीकै सिलसिलामा जाने गरेको छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा