थमन गुरुङ्ग (युएई) | म हाल युएईको आबुधावी शहरमा बिगत ५/६ महिनादेखी PSBD SECURITY GUARD मा कार्यरत छु । यहा्ँ UAE मा दुई किसिमका सुरक्षा गार्डहरु छन् (१) DPS (२) "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... थमन गुरुङ्ग (युएई) | म हाल युएईको आबुधावी शहरमा बिगत ५/६ महिनादेखी PSBD SECURITY GUARD मा कार्यरत छु । यहा्ँ UAE मा दुई किसिमका सुरक्षा गार्डहरु छन् (१) DPS (२) "/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबई आउँदा मैले म्यानपावरलाई ३ लाख ६० हजार तिरें तर…

२८ चैत्र २०७३, सोमबार १३:०५

थमन गुरुङ्ग (युएई) | म हाल युएईको आबुधावी शहरमा बिगत ५/६ महिनादेखी PSBD SECURITY GUARD मा कार्यरत छु । यहा्ँ UAE मा दुई किसिमका सुरक्षा गार्डहरु छन् (१) DPS (२) PSBD र यस PSBD मा आउने हरेक नेपालीले म्यानपावर कम्पनीमा रु. ३ लाख ५० हजारदेखी ४ लाख ५० हजारसम्म तिरेर आउँछन्  र मैले पनि गौशाला स्थित 'सेवेन सिज' नामक म्यानपावर कम्पनीमा रु. ३ लाख ६० हजार बुझाएर आएको हुँ र म्यानपावर कम्पनीले रु १० हजारको मात्र रसिद थमाइदियो । तीन दिने अभिमुखिकरण तालिमको निम्ति प्रति ब्यक्ति रु ६,००० अतिरिक्त शुल्क भर्न लगायो । 

अब भन्नुस के यो मापदण्ड सहि छ ? यो दश हजारको रसिद कुन आधारमा हामीलाई दिइयो ? नि:शन्देह यसमा सेटिङ हुनैपर्छ । बैदेशिक रोजगार बिभागको अनुसार मोबाइलको म्यासेज बक्समा गई PP टाइप गरि एक स्पेस छोडेर आफ्नो पासपोर्ट लेखी 34001 सेन्ड गरि हेर्दा त्यहाँ पनि लागत रु १०,०००/- (दश हजार मात्र) भनि म्यासेज आउँदो रहेछ, यदि भिजा लागेको खण्डमा म्यासेजको अन्तमा dofe भनि आउदो रहेछ । 

त्यसैले मलाइ लाग्छ dofe (बैदेशिक रोजगार बिभाग)  कै कर्मचारीकै पनि मिलिमतो हुनसक्छ । बिभागले म्यानपावरले कामदारसँग कति लुट्छन लुटोस भनेर छुट दिँदै आफुलाई पनि केहि कमिसन राखेका छन् हैन भने यत्रो बेथिति देख्दा-देख्दै नियमनककारी निकाय किन मौन ? विदेश जाँदा ठगिने अधिकांशले म्यानपावरले पैसा उठाउनु बिभागको समेत मिलिमतो छ भनेर भन्दै गर्दा किन बिभागले आफुलाई चोख्याउने काम गर्न सक्दैन ? 

यदी बैदेशिक रोजगार बिभाग र सम्बन्धित निकाय निर्दोष छन् भने सरकारले लागु गरेको 'जिरो कष्ट' लागु गर्न सक्छ तर जब उनीहरुनै कमिसनको खेलमा भएर होला, बैदेशिक रोजगारमा बेथिति कहिलै सुध्रन सक्दैन । 

२/४ जना भ्रष्ट कर्मचारीको अकुत सम्पति कमाउने चक्करमा लाखौँ सोझा नेपालीहरुले दु:ख पाउनु परिरहेछ । 

धन्यबाद ! 

(तपाइको पनि यस्तै बिषयमा केहि गुनासो छ भने नेपालीमा लेखेर [email protected] मा इमेल गर्नुहोला । इमेल गर्दा तपाइको परिचय खुल्ने कागजातको फोटो खिचेर पठाउनुपर्नेछ । साथै आफ्नो तश्विरसहित टिप्पणी राख्न चाहनुहुन्छ भने फोटोसमेत पठाउन सक्नुहुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता