थमन गुरुङ्ग (युएई) | म हाल युएईको आबुधावी शहरमा बिगत ५/६ महिनादेखी PSBD SECURITY GUARD मा कार्यरत छु । यहा्ँ UAE मा दुई किसिमका सुरक्षा गार्डहरु छन् (१) DPS (२) "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... थमन गुरुङ्ग (युएई) | म हाल युएईको आबुधावी शहरमा बिगत ५/६ महिनादेखी PSBD SECURITY GUARD मा कार्यरत छु । यहा्ँ UAE मा दुई किसिमका सुरक्षा गार्डहरु छन् (१) DPS (२) "/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबई आउँदा मैले म्यानपावरलाई ३ लाख ६० हजार तिरें तर…

२०७३, २८ चैत्र सोमबार १३:०५

थमन गुरुङ्ग (युएई) | म हाल युएईको आबुधावी शहरमा बिगत ५/६ महिनादेखी PSBD SECURITY GUARD मा कार्यरत छु । यहा्ँ UAE मा दुई किसिमका सुरक्षा गार्डहरु छन् (१) DPS (२) PSBD र यस PSBD मा आउने हरेक नेपालीले म्यानपावर कम्पनीमा रु. ३ लाख ५० हजारदेखी ४ लाख ५० हजारसम्म तिरेर आउँछन्  र मैले पनि गौशाला स्थित 'सेवेन सिज' नामक म्यानपावर कम्पनीमा रु. ३ लाख ६० हजार बुझाएर आएको हुँ र म्यानपावर कम्पनीले रु १० हजारको मात्र रसिद थमाइदियो । तीन दिने अभिमुखिकरण तालिमको निम्ति प्रति ब्यक्ति रु ६,००० अतिरिक्त शुल्क भर्न लगायो । 

अब भन्नुस के यो मापदण्ड सहि छ ? यो दश हजारको रसिद कुन आधारमा हामीलाई दिइयो ? नि:शन्देह यसमा सेटिङ हुनैपर्छ । बैदेशिक रोजगार बिभागको अनुसार मोबाइलको म्यासेज बक्समा गई PP टाइप गरि एक स्पेस छोडेर आफ्नो पासपोर्ट लेखी 34001 सेन्ड गरि हेर्दा त्यहाँ पनि लागत रु १०,०००/- (दश हजार मात्र) भनि म्यासेज आउँदो रहेछ, यदि भिजा लागेको खण्डमा म्यासेजको अन्तमा dofe भनि आउदो रहेछ । 

त्यसैले मलाइ लाग्छ dofe (बैदेशिक रोजगार बिभाग)  कै कर्मचारीकै पनि मिलिमतो हुनसक्छ । बिभागले म्यानपावरले कामदारसँग कति लुट्छन लुटोस भनेर छुट दिँदै आफुलाई पनि केहि कमिसन राखेका छन् हैन भने यत्रो बेथिति देख्दा-देख्दै नियमनककारी निकाय किन मौन ? विदेश जाँदा ठगिने अधिकांशले म्यानपावरले पैसा उठाउनु बिभागको समेत मिलिमतो छ भनेर भन्दै गर्दा किन बिभागले आफुलाई चोख्याउने काम गर्न सक्दैन ? 

यदी बैदेशिक रोजगार बिभाग र सम्बन्धित निकाय निर्दोष छन् भने सरकारले लागु गरेको 'जिरो कष्ट' लागु गर्न सक्छ तर जब उनीहरुनै कमिसनको खेलमा भएर होला, बैदेशिक रोजगारमा बेथिति कहिलै सुध्रन सक्दैन । 

२/४ जना भ्रष्ट कर्मचारीको अकुत सम्पति कमाउने चक्करमा लाखौँ सोझा नेपालीहरुले दु:ख पाउनु परिरहेछ । 

धन्यबाद ! 

(तपाइको पनि यस्तै बिषयमा केहि गुनासो छ भने नेपालीमा लेखेर [email protected] मा इमेल गर्नुहोला । इमेल गर्दा तपाइको परिचय खुल्ने कागजातको फोटो खिचेर पठाउनुपर्नेछ । साथै आफ्नो तश्विरसहित टिप्पणी राख्न चाहनुहुन्छ भने फोटोसमेत पठाउन सक्नुहुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म