पहिले-पहिले म्यानपावरबाट बिदेश जाँदा पैसा तिरेको रसिद दिइन्थियो तर आजभोली म्यानपावरले पैसा तिरेको रसिद समेत दिन छाडे । म्यानपावरले पैसाको बलमा बिभागलाई समेत आफ्नो खुट्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पहिले-पहिले म्यानपावरबाट बिदेश जाँदा पैसा तिरेको रसिद दिइन्थियो तर आजभोली म्यानपावरले पैसा तिरेको रसिद समेत दिन छाडे । म्यानपावरले पैसाको बलमा बिभागलाई समेत आफ्नो खुट्ट"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बैदेशिक रोजगारीमा जाँदा हामीले तिर्ने मोटो रकम बाडिन्छन्’

२८ चैत्र २०७३, सोमबार १४:५१

पहिले-पहिले म्यानपावरबाट बिदेश जाँदा पैसा तिरेको रसिद दिइन्थियो तर आजभोली म्यानपावरले पैसा तिरेको रसिद समेत दिन छाडे । म्यानपावरले पैसाको बलमा बिभागलाई समेत आफ्नो खुट्टामा राखेका छन् । रसिद दिने म्यानपावरले समेत १०,०००/- को मात्र दिन्छन् । नेपालीले विदेश जाँदा तिर्ने लाख भन्दा माथिको कालो पैसा बिभिन्न नाममा कमिसनको रुपमा बाडिन्छ ।  

नेपाल सरकारसँग एउटा मेरो प्रश्न के छ भने "धेरै पैसा लिएर म्यानपावरले दस हजारको मात्र भर्पाइ दिन्छ, यदि हामी त्यत्रो पैसा तिरेर फस्यौ भने भोलि कुन आधारमा पैसा असुली गर्ने ? कि त पुरै पैसाको भर्पाइ दिने ब्यबस्था गर्नु पर्यो कि त त्यहि  १०,०००/- मै बिदेश जाने बाताबरण मिलाइदिनु पर्यो ।

नेपाल सरकारले १०,०००/- मा बिदेश पठाउने भन्ने नियम न त राम्रो सँग लागू भयो न त खारेज नै भयो । बरु यही नाममा म्यानपावर, दलाल, सरकारी निकायका भ्रष्ट कर्मचारी र विदेशबाट डिमाण्ड मिलाउने दलालहरु मोटाईरहेका छन् । शुन्य लागतको नियम बिभागको कागजमा मात्र सिमित छ, कार्यान्वयनमा ९५% भन्दा बढी म्यानपावरले अवलम्बन गरेको छैन । म्यानपावरले पैसा असुल्न नछोडेको अवस्थामा नेपाल सरकार कानमा तेल हालेर बसेको छ । नेपाल सरकारको नीतिलाई मान्ने हो भने कुनै कमिसन  नेपालीले बिदेश जान पाउँदैन् किनकी दस हजारमा कुनै पनि म्यानपावरले विदेश पठाउदैनन् । म्यानपावरले लिने मोटो रकम बिभिन्न नाममा बाडिन्छन् । कतिपय म्यानपावरका हाकिमको कुरालाई सापटी लिएर भन्ने हो भने हामीले तिर्ने मोटो रकम विदेशबाट डिमाण्ड मिलाउने दलाल, त्यहाँ स्थित दुतावासदेखि भ्रष्ट सरकारी कर्मचारी तथा एयरपोर्ट सेटिङसम्मलाई म्यानपावरले पैसा बुझाउने गर्छन । 

कमिसनको खेलमा नेपाल सरकारल लिएको नीति लागू हुनु त कता हो कता झन जनता मारमा परेका छन् । साथै लाख बुझाएर दस हजारको भर्पाइ समाउन विवश छन ।

अझै पनि सम्बन्धित निकाय कानमा तेल हालेर बस्छन् भने सबै नेपालीले बुझौं कि बैदेशिक रोजगारीमा जाँदा नेपाली युवाले तिर्ने लाखौ रकमको मोटो हिस्सा ठूला नेता तथा बैदेशिक रोजगार बिभागका कर्मचारीलाई समेत पुगेको छ । यदी मेरो आरोप गलत हो भने बैदेशिक रोजगारीको यो बेथिति सुधारेर देखाउनुस । 

धन्यवाद !

- शिवराज अधिकारी 

गोर्खा, आरुघाट 


(तपाइको पनि यस्तै बिषयमा केहि गुनासो छ भने नेपालीमा लेखेर [email protected] मा इमेल गर्नुहोला । इमेल गर्दा तपाइको परिचय खुल्ने कागजातको फोटो खिचेर पठाउनुपर्नेछ । साथै आफ्नो तश्विरसहित टिप्पणी राख्न चाहनुहुन्छ भने फोटोसमेत पठाउन सक्नुहुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता