२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

​साउदीका म्यानेजरलाई सुनाउन मन छ, नेपालमै ७० हजार कमाउँछु

२०७४, ६ असार मंगलवार ०९:१४


असार ६, सर्लाही । सर्लाहीको शंकरपुर– ९ का बिमल लामालाई हिजो आज साउदीका मालिकलाई भेट्न मन लागेको छ । साउदीमा काम गर्दा आफूलाई अह्राई पह्राई गर्ने मालिकलाई भेट्न मन लाग्नुको कारण फेरी पनि उनको सल्लाह लिन हैन ।

हिजो आज नेपालमा आफूले गर्ने काम र कमाईका बारेमा भन्न मन छ, ‘घण्टौं काम नगरेपनि ७० हजार रुपैयाँ कमाउँछु ।’ बिमलले साउदीमा खान खाएर हात ओभाउन नपाउँदै गाली गरेर काममा खटाएको बिर्सिनु भएको छैन ।

खाना खाने बित्तिकै म्यानेजरले दिनैपिछे गाली गर्थे, ‘बस्न आएको भए आफ्नै देश जा, नत्र खुरुखुरु काम गर’ बिमलले साउदीमा खाएको गाली सम्झिनुभयो ।

म्यानेजरको गाली सहि नसक्नु भएपनि बिमलले साउदीमा पनि महिनामा ५० हजार रुपैयाँ कमाउनुहुन्थ्यो । तर कामको बोझ र काम गर्ने वातावरणले बिमललाई दिक्क बनाएको थियो । दुईवर्ष साउदीमा गाली सहेरै बिताउनुभयो ।

बिमललाई सोचेको भन्दा उल्टो लाग्यो परदेश । ‘न कामको सम्मान छ, न त कामदारको इज्जत नै  । पैसा नै सबै थोक त हैन नी’ बिमलले भन्नुभयो ।

दुईचार पैसा कमाउने, छोराछोरीलाई राम्रो स्कुल पढाउने प्रायकै जस्तो सपना बोकेर बिमल पनि परदेशीनु भएको थियो । तर आत्मासम्मान नपाएको महसुस भएपछि बिमल फर्किनुभयो । सन् २०१२ मा साउदी पुगेका बिमल दुई वर्षपछि फर्किनुभयो ।

घर फर्किएको केहि समय पछि परिवारकै सल्लाहमा उहाँले कुखुरा फर्म खोल्ने निणर्य गर्नुभयो । बिमलका छिमेकीले पनि बोइलर कुखुरा पालेका छन् । तर बिमलले फरक जातको लेस कुखुरा फर्म खोल्नुभयो । विदेशबाट ल्याएको रकममा केहि ऋण खोजेर थपथाप गर्नुभयो ।

२०७२ सालको चैतबाट एक हजार वटा कुखुरा राखेर फर्मको सुरुवात गर्नुभयो । सुरुमा कुखुराको हेरचाहको बारेमा जानकारी नहुँदा बिमललाई निकै गाह्रो थियो ।

‘दिनमै चार पाँच वटा कुखुरा मर्न थाले, त्यसपछि कुखुरा विशेषज्ञको सल्लाह लिएर त्यही अनुसार गरें, अहिले राम्रो छ’ बिमलले ढुक्क हुँदै व्यवसायको बारेमा सुनाउनुभयो ।

फर्म विस्तारै फस्टाउदै गयो । आम्दानी पनि हुन थाल्यो । अहिले बिमलले कुखुरा फर्मबाट सबै खर्च कटाएर मासिक ७० हजार रुपैयाँ सम्म कमाउनुहुन्छ । काम र कमाई प्रति बिमल खुसी हुनुहुन्छ । ‘परिवारको साथमा बसेर एक सय रुपैयाँ कमाउँदा पनि  लाख बराबर हुने’ बिमलले उत्साहित हुँदै भन्नुभयो ।

बिमललाई आफूले उत्पादन गरेका कुखुराले बजार नपाउने हो कि भन्ने चिन्ता पनि छैन । कुखुरा र  अण्डा लिन घरमै आउँछन् । बिमलले फर्म खोल्दा काढेको चार लाख रुपैयाँ ऋणको पनि सावा व्याज चुक्ता गरिसक्नुभयो । अहिले दैनिक १५ सय रुपैयाँ अनिवार्य बचत गर्न थाल्नु भएको छ ।

कमाई राम्रो भएपछि बिमललाई अझै फर्म बढाउने धोको छ । उहाँले भन्नुभयो, ‘जम्मा गरेको पैसाले अर्को नयाँ फर्म खोलेर कुखुरा हाल्ने तयारी भैरहेको छ, अब भैंसी फर्म पनि खोलेर दुध संकलन केन्द्र सुरु गर्ने विचारमा छु ।’

उहाँलाई हिजोआज आफ्नै देशमा गरे जे पनि हुने रहेछ भन्ने लाग्न थालेको छ । बिमललाई नेपालमै व्यवसाय गर्न साहुको गाली पनि प्रेरणा बन्यो । तर एक पटक साउदीका म्यानेजरलाई भेट्ने धोको छ र आफ्नै देशमा कमाएको कुरा सुनाउँन मन छ बिमललाई । -उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी