९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

विदेशमा मृत्यु भएकाका छोराछोरीले छात्रवृत्ति पाउने

२० श्रावण २०७४, शुक्रबार ०२:५८

साउन २०, रुकुम । वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले त्यस्ता बालबालिकाका लागि छात्रबृत्ति रकम पठाएको छ । 

यहाँका १४ जना छात्रछात्रालाई छात्रवृत्तिबापत रु एक लाख १६ हजारको चेक जिल्ला शिक्षा कार्यालयमा आएको सूचना अधिकारी लालबहादुर घर्तीले बताउनुभयो । एकजना उच्च माध्यमिकमा पढ्ने र १३ जना १ देखि १० कक्षासम्म पढ्ने छात्रछात्रालई उक्त छात्रवृत्ति प्रदान गरिने उहाँले बताउनुभयो । 

सूचना अधिकारी घर्तीका अनुसार उच्च शिक्षा पढ्नेले रु १२ हजार नगद छात्रवृत्ति पाउनेछन् भने अरू १३ जनाले रु आठ हजारका दरले छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति पाउनेमा १० छात्रा छन् भने चार छात्र रहेको बताइएको छ । 

छात्रवृत्ति पाउने सबै रोजगारीका क्रममा विदेश गएर उतै मृत्यु भएकाका छोराछोरी हुन् । छात्रवृत्ति पाउने विद्यार्थीको नाम संकलन लगायतका निर्णय भइसकेकाले अबको केही दिनमा छात्रवृत्ति प्रदान गरिने शिक्षा कार्यालयले बताएको छ । 

यसरी वैदेशिक रोजगारीको सिलसिलामा तेस्रो मुलकमा गएर मृत्यु भएकाका छोराछोरीलाई छात्रवृत्ति आएको यो पहिलो पटक भएको घर्तीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो