२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

श्रममन्त्री भण्डारी: सुधारका कुरा बोल्ने मात्र काम गर्न असफल, मन्त्री पद धरापमा

भण्डारीले युरोपतर्फको रोजगार संस्थागत गर्ने, जापानको एसएसडब्लु प्रणालीलाई व्यवस्थित बनाउने, ठगी नियन्त्रणमा कठोर कदम चाल्ने र हङकङ तथा रुससँग श्रमसम्बन्धी कूटनीतिक पहल गर्ने प्रतिवद्धता उनले सार्वजनिक रूपमा व्यक्त गरेका थिए । तर यी कुनै काम भएका छैनन् । उनले एक महिनाभित्रै गर्ने भनेर बोलेका कुरा समेत पुरा गर्न सकेनन् ।
१५ श्रावण २०८२, बुधबार २०:५१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद् हेरफेर तयारीसँगै श्रममन्त्री शरदसिंह भण्डारी हटाइने लगभग निश्चित छ । लोसपा अध्यक्ष महन्थ ठाकुरको सिफारिसमा सर्वेन्द्रनाथ शुक्ल भण्डारीको स्थानमा मन्त्री बन्ने तयारीमा छन् । औसतभन्दा कमजोर कार्यसम्पादन, विवाद र सत्ता साझेदारका समीकरणका कारण प्रधानमन्त्री ओली केहि मन्त्रीको हेरफेर गर्ने निर्णयमा पुगेको बताइएको छ ।

प्रधानमन्त्रीले हटाउन लागेको मन्त्रीको अग्रपंक्तिमै मन्त्री भण्डारीको नाम रहेको बताइएको छ । मन्त्री भण्डारीले पछिल्लो पटक श्रम मंत्रालय सम्हाले यता जे पनि हुन्छ भन्ने तर ठोस काम गर्न असफल देखिएका छन् । भण्डारी पार्टी परिवर्तन गरिगरि भए पनि पटक-पटक मन्त्री पदमा पुग्न सक्ने रेकर्ड राखेका व्यक्ति हुन् । यसै कारण उनि आलोचित समेत छन् । पछिल्लो पटक मन्त्री बन्दा एक बर्ष भन्दा बढी ओली नेतृत्वको सरकारको मन्त्री बनेर श्रम मन्त्रालय सम्हालेका उनले खासै सम्झन लायक काम गरेका छैनन् । मुख्य गरि वैदेशिक रोजगार क्षेत्रको सुधारको लागि उनले कुनै ठोस कदम चाल्न सकेनन् । बिभिन्न कार्यक्रममा भाषण गर्दा मितिनै तोकेर यो र त्यो काम गर्छु भन्दै तालि पाएका भण्डारीले आफैले बोलेका कतिपय महत्वपूर्ण कामहरु गरेकै छैनन् ।

श्रममन्त्रीको रूपमा कार्यभार सम्हाले यता बिभिन्न कार्यक्रमक क्रममा भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा केहि महत्वाकांक्षी घोषणाहरू गरेका थिए । युरोपतर्फको रोजगार संस्थागत गर्ने विषयमा महिनानै तोकेका उनले उक्त काम गर्न सकेनन् । त्यसका अलवा जापानको एसएसडब्लु प्रणालीलाई व्यवस्थित बनाउने, ठगी नियन्त्रणमा कठोर कदम चाल्ने र हङकङ तथा रुससँग श्रमसम्बन्धी कूटनीतिक पहल गर्ने प्रतिवद्धता उनले सार्वजनिक रूपमा व्यक्त गरेका थिए । तर यी कुनै काम पनि भएका छैनन् ।

भण्डारीको कार्यकालमा बिभिन्न बेथितिका स्वरूपहरु देखिए । फ्री भिसा फ्री टिकटको नीतिलाई नहटाई तथा म्यानपावरलाई कामदारले बुझाउनुपर्ने एकिन शुल्क समेत निर्धारण नगरी वैदेशिक रोजगारमा जाने श्रमिकलाई ऋण दिने निर्णय गरेर उनले आलोचनात्मक काम गरे । एकतर्फ फ्री भिसा फ्री टिकटको नीति यथावत राखेर के प्रयोजनमा युवालाई विदेश जानु अघि ऋण दिने कुरा अघि सारे आलोचनाको विषय बनेको छ ।

त्यस्तै उनको कार्यकालमा लामो समयदेखि पुर्वप्रस्थान अभिमुखिकरण तालिममा लगाउने भनिएको एनआइडी सहितको आइरिस प्रणाली समेत लागू गर्न आलटाल गर्दै आएको पाइएको छ । मन्त्रालयले चाहँदा केहि समय अघिनै हुने यो काम बिभिन्न बहानामा झुलाई अभिमुखिकरण तालिमनै नदिई सेटिङमै २१०० सम्म शुल्क उठाएर तालिम प्रमाणपत्र जारी भईरहेको अवस्था छ । यसअघि भण्डारीनै श्रममन्त्री हुँदा अभिमुखिकरण शुल्क बढाईदिएका थिए । पछि श्रममन्त्री डोलप्रसाद अर्याल मन्त्री भएपछि शुल्क बढाउने कुरा खारेज गरेका थिए । बर्षौंदेखि बेथितिकै बीचमा अभिमुखिकरण तालिम संचालन हुने, तालिममै सहभागी नभएकाहरुलाई प्रमाणपत्र जारी हुने बेथिति जारी छ । त्यसो त अभिमुखीकरण तालिमको समय सापेक्ष पाठ्यक्रम निर्माणमा समेत मन्त्रालय चुकेको छ ।

त्यस्तै पछिल्लो समय बिभिन्न मिडियाले व्यक्तिगत श्रम दिने नाममा वैदेशिक रोजगार कार्यालयले दररेटनै तोकेरै श्रमिकसँग पैसा अशुली गरेको र दैनिक ७० लाख भन्दा बढी भ्रष्टाचारमा श्रम मन्त्रालयदेखिनै मिलिमतो रहेको विषयमा मन्त्री भण्डारी कहिकतै बोलेनन् । त्यसो त यस्तो बेथितिको ठोस नियन्त्रण समेत गर्न सकेनन् । बेथितिकै अवस्थामा फाइदा भईरहेको कारण लामो समयदेखि युरोप रोजगारलाई व्यक्ति तथा कन्सल्टेन्सीकै पोल्टामा छाड्ने काममा श्रममन्त्रीदेखि मन्त्रालयकै मौन समर्थन रहेको आरोप लाग्दै आएको छ । माल्दिभ्स रोजगारमा समेत व्यक्तिगत श्रम स्वीकृति हावी भईरहेको विषयमा श्रम मन्त्रालय मौन बस्दै आएको छ । यसरी व्यक्तिगत श्रम स्वीकृति हावी हुँदा दररेट तोकेरै श्रम स्वीकृतिको नाममा पैसा अशुलिने गरेको र उक्त रकम मन्त्रालयका अधिकारी हुँदै मन्त्रीसम्मलाई पुग्ने आरोप लगाइने गरेको छ ।

त्यस्तै मन्त्री भण्डारीले आफ्नो कार्यकालमा स्वास्थ्य गुणस्तरको विषयलाई ध्याननै नदिई वैदेशिक रोजगारमा जाने कामदारले स्वास्थ्य जाँच गर्दा लाग्ने शुल्क बढाएर ९५०० शुल्क तोकेका थिए । साथै स्वास्थ्य संस्थालाई जिम्मेवार र गुणस्तरीय बनाउने भनेर समयनै तोकेको भएपनि त्यसको हालसम्म कुनै सकारात्मक कार्यान्वयन भएको छैन ।

त्यसो त मन्त्री भण्डारी मन्त्री बहाल रहिरहँदा केहि वैदेशिक रोजगार सम्बन्धित ऐनका संसोधनका काम भएका छन् । यसका अलावा सुधार गर्ने भनेका कुनै पनि एजेन्डामा देखिनेगरी ठोस कार्यान्वयन भण्डारीले गर्न सकेनन् । रोजगारदाता मुलुकसँग श्रम सम्झौता अद्यावधिक गर्ने काममा समेत भण्डारी असफल छन् । उनको कार्यकालमा युएईमा नेपालीको न्युनतम तलब १००+४०० निर्धारण गरिएको छ तर यस अघि ८००+ हुँदा पनि युएई गएका कामदारले बेसिक ५ – ६ सयमा काम गर्न बाध्य भईरहेको अवस्थामा नेपालले मात्र तलब बढाएर त्यसको असर खासै रोजगारदाता देशमा नपर्ने भन्दै आलोचना भएका छन् । दुतावास जिम्मेवार नबनेसम्म यस्ता निर्णयले मात्र केहि नहुने बताइएको छ । त्यस्तै मन्त्री भण्डारीले वैदेशिक रोजगारमा ठगी नियन्त्रणका लागि आवश्यक कानुनी तथा प्रशासनिक सुधार ल्याउने भनिए पनि ठोस सुधारको अनुभूति श्रमिकलाई दिन सकेनन् ।

लोसपाले समेत भण्डारीको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै उनलाई फिर्ता बोलाउने निर्णय गरिसकेको बताइएको छ । नयाँ मन्त्रीका रूपमा प्रस्तावित सर्वेन्द्रनाथ शुक्लले अब लोसपाको प्रतिनिधित्व गर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान