४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

आज २०७४ असोज २२ गते – बैदेशिक रोजगारको ६ वटा डिमाण्डहरु हेर्नुहोस (बिज्ञापन)

२२ आश्विन २०७४, आईतवार ०१:५७

यो दैनिक अपडेट हुने बिज्ञापन सामाग्री बिभिन्न म्यानपावरमा नेपाली कामदारहरुको माग भए अपडेट हुने गर्दछ । यो सामग्री पर्वर्धनात्मक उध्यश्यले अपडेट गरिएको छ । देशका कुना-कुनामा रहेका तपाइँहरुलाई दैनिक अपडेट सहज होस् भन्ने उध्यश्यले यो सामग्री अपडेट गरिएको हो । 

तपाईलाई हेर्न सजिलो होस् भन्ने हेतुले तल धेरै डिमाण्डहरुलाई एकैपटक अपडेट गर्ने प्रयास गरिएको छ । कुनैपनि बैदेशिक रोजगारीमा जानुपूर्व सोचेर बुझेर मात्र जान अनुरोध गर्दछौं । विदेश जानु अघि उपयुक्त तालिम लिएर मात्र बैदेशिक रोजगारीमा जान हाम्रो सुझाव छ । साथै आफ्नो रोजाईमा परेको डिमाण्ड अनुसार उक्त कम्पनीबारे बिभिन्न तरिकाले राम्ररी बुझ्ने प्रयास गर्नुहोस जसको लागि म्यानपावर, सम्बन्धित देशमा रहेका साथी वा कम्पनीलाई गुगलमा खोजेर बुझ्न सकिन्छ ।

हामीलाई हेर्नुभएकोमा बिशेष धन्यवाद | तलका डिमाण्ड हेर्नुहोस् |  

तल हेर्नुहोस् आज बैदेशिक रोजगारी अन्तर्गत आएका बिभिन्न देशका डिमाण्डहरु:- 

१. Bahrain को 5 Star Hotel मा रोजगारी | माग: २५ जनाको माग  


२. निशुल्क भिषा तथा टिकट सहित कतारमा रोजगारी 


३. युएईमा सेक्युरिटी गार्डहरुलाई रोजगारी 

- कम्तिमा SLC पास साथै English भाषा राम्रो सँग लेख्न, बोल्न र पढ्न सक्ने हुनुपर्दछ त्यस्तै उमेर २२ बर्ष भन्दा माथि ४० बर्ष ननाघेको र उचाई ५ फिट ७ इन्च भन्दा माथी हुनुपर्नेछ 


४. ओमानको Concept Services LLC बिभिन्न ४ पदमा रोजगारी  


५. बहराइनमा आकर्षक तलब सहित रोजगारी  


६. कुवेतमा रोजगारी | माग: ४४ जना 


बैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुले थाहा पाउनुपर्ने कुराहरु :

क) उमेर र विवरण

१८ वर्ष पूरा भएको अवस्थामा मात्र वैदेशिक रोजगारीको प्रक्रिया अवलम्बन गर्नुपर्छ । रोजगारीमा जानेक्रममा झुटा विवरण वा कागजात पेश गर्नुहुँदैन ।

ख) संस्थागत पहल

वैदेशिक रोजगारको निमित्त अनुमति प्राप्त गरेका एजेन्सीहरुसँग मात्र वैदेशिक रोजगारीमा जाने सम्बन्धी कारोबार गर्नुपर्छ । संस्थासँग व्यक्तिगत तवरले जानेगरी काम कारवाही गर्न हुँदैन । व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जान चाहनेले वैदेशिक रोजगार विभागको स्वीकृति प्राप्त गर्नुपर्छ ।

ग) आवश्यक प्रमाणहरु सुरक्षित राख्नुपर्ने

वैदेशिक रोजगारको निमित्त जानेक्रममा वैदेशिक रोजगार एजेन्सीलाई रकम बुझाएपछि रसिद लिई सुरक्षित राख्नुपर्छ । वैदेशिक रोजगारीको निमित्त एकमुष्ट वा किस्तामा रकम बुझाएको भएमा कुन किस्ता वापत् कति र कम बुझाएको हो सो समेतको निस्सा लिनुपर्छ । बुझाएको रकम र प्राप्त रसिदमा रकम फरक परे, नपरेको यकिन गरी गरी वास्तविक तिरेको रकम जनाएको रसिद लिनुपर्छ । रसिदमा सम्बन्धित एजेन्सीको छाप भए नभएको र बुझिलिनेको दस्तखत भए नभएको जाँची लिनुपर्छ।राहदानी, भिसा, श्रम स्वीकृति, करारपत्र, तालिमहरुको प्रमाणपत्र, रकम बुझाएको रसिदहरु, बिमा, स्वास्थ्य परीक्षण आदिको कागजात आफूसँग सुरक्षित राखी त्यसको फोटोकपी घर परिवारका व्यक्तिहरु वा भरपर्दो अभिभावकलाई छोड्नुपर्छ ।

घ) तालिम तथा सुरक्षा

वैदेशिक रोजगारीमा जाने कामको लागि कुनै सीपमूलक तालिम आवश्यक भए त्यस्तो तालिम लिएको हुनुपर्ने र मान्यता प्राप्त संस्थाबाट अभिमुखीकरण तालिम हासिल गर्नुपर्छ । वैदेशिक रोजगारीमा जाने क्रममा गर्नुपर्ने बिमा तथा कल्याणकारी कोषमा अनिवार्य रुपमा रकम जम्मा गर्नुपर्छ । एजेन्सी वा कोही कसैबाट वैदेशिक रोजगारी सम्बन्धी विषयमा गलत वा ठगी गर्न लागेको शंका लागेमा वा त्यसो भए गरेमा वैदेशिक रोजगार विभाग वा नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरीमा तुरुन्त खबर गर्नुपर्छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिले अनुमति लिएको अवस्थामा बाहेक अन्य मुलुकको मार्ग प्रयोग गरी वैदेशिक रोजगारीमा जान हुँदैन । वैदेशिक रोजगारीको निमित्त विदेश प्रस्थान गर्नु पूर्व वैदेशिक रोजगार विभागबाट राहदानीमा श्रम स्वीकृतिको स्टिकर लगाएको हुनुपर्छ ।

ङ) पूर्व तयारीको अवलम्बन

वैदेशिक रोजगारमा जाने नेपालीले अनुमतिको अवधि पश्चात् नियमानुसार म्याद थप नगरी अवैधानिक रुपमा विदेशमा बस्न वा काम गर्न हुँदैन । वैदेशिक रोजगारीको क्रममा भएको सम्झौता अनुसारको अवधिभित्र करा भंग नभएसम्म उक्त कार्य छाडी अन्यत्र काम गर्न वा बिना स्वीकृति काम छाडी अन्यत्र जान हुँदैन ।

च) क्षतिपूर्ति

कुनै कारणले विदेशबाट असमयमा फर्कनु परेमा वैदेशिक रोजगार विभाग र पठाउने एजेन्सीमा फिर्ता आएको १५ दिन भित्रमा जानकारी गराउनु पर्छ ।

छ) विदेशमा सम्पर्क र समन्वय

नियम अनुसार वैदेशिक रोजगारीमा गएपछि उक्त मुलुकमा रहेको नेपाली दुतावास, वा नियोग वा श्रम तथा यातायात व्यवस्था मन्त्रालयले तोकेको सम्बद्ध संस्थामा सम्पर्क कायम गरी आफू आएको जानकारी गराउनु पर्नेछ । वैदेशिक रोजगारको क्रममा समस्या आएको अवस्थामा उक्त निकायमा जानकारी गराउनु पर्नेछ ।

ज) वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा जानु हुँदैन ।

झ) वैदेशिक रोजगारमा जानुपूर्व अभिमुखीकरण तालिम लिनुपर्छ र जान लागेको देश, आफूले गर्ने काम र पाउने पारिश्रमिकबारे राम्ररी जानकारी लिई जानुपर्छ ।

ञ)स्वास्थ्य परीक्षण, जीवन बिमा, दुर्घटना बिमा विदेशमा काम गर्न जानु पूर्व अनिवार्य रुपमा गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ