२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

कतारमा घुमफिर: चिया पकाउने बिसंखे अहिले ७०/७५ हजार बचाउँछन्

१० माघ २०७४, बुधबार ०३:५०

चिसाङ शेर्पा | माघ १०, खोटाङ | ‘नेपालमा साईकल समेत चलाउन आउदैन थियो अहिले ब्यस्त सडकमा गाडी गुडाउँन सक्ने भएको छु ।’ ठाउँमा परेपछि जुनसुकै काम पनि गर्न सकिने रहेछ, खोटाङ रावाबेशी गाउँपालिका लामिडाडाँ ३ भञ्ज्याङका बिनोद कुमार बिसंखेले कतारको दोहास्थित अल आरविया वाटर ओयासिस कम्पनीबाट आफ्नो बैदेशिक रोजगारीको अनुभव सुनाए ।

२०४३ साल पुस ११ गते लामिडाडाँ भञ्ज्याङमा बुबा एकराज सार्की आमा मनमाया सार्कीको कोखबाट जेठो सन्तानको रुपमा जन्मिएका बिसंखेले २०६० सालमा प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् । बिश्वज्योती मावि लामिडाडाँमा पढेका उनले ऐसेलुखर्कवाट एसएलसी परिक्षा दिएको बिगत बेलिविस्तार बताए । आर्थिक स्थिती न्युन रहेको परिवारमा आमावावा, दुई भाई र एक बहिनी रहेका छन् । 

 

आर्थिक स्थिती कमजोर भएकै कारण बिनोदले परिवारमा सल्लाह गरेर विदेश जाने निधो गरे । विवाह बन्धनमा कसिएका उनी परिवारलाई सुखसयलमा राख्ने ठूलो सपना बोकेर २०६१ सालमा कतार हानिए । एसएलसी पास गरेर पहिलोपटक पराई मुलुक छिरेका बिनोदले कतारमा दुईवर्ष ६ महिना वर्ष चिया पकाउने काम गरे । त्यहाँ चिया मात्रै पकाउन परेन फलतः गाडी चलाउनुपर्ने भो कम्पनीले केही महिना कामसँगै गाडी चलाउन सिकाए । पछि आफै गुडाउन जान्ने भए बिनोदले भने, बानी नपर्दा काम सारोगारो भएपनि आखाभरी आईरहने परिवारको सुनौलो खुशीका लागि अल जाबर त्रेनिङ एण्ड क्न्ट्रक्सन नामक कम्पनीमा चिया पकाउने काम र ड्राईभिङ गरेर स्वदेश फर्किए । 

पाँचवर्षमा कमाएको केही रकम लिएर घर फर्केका उनी त्यही परिवारको सपनाकै संसारमा थिए । २०६६ सालमा फेरि बहराईन पसे, त्यहाँ दुई वर्ष ड्राईभिङ गरे । नेपालमा साईकलसम्म नकुदाएका बिनोदले कतारपछि बहराईनमा २ वर्षमा परिपक्क ड्राईभर बनेर सधैका लागि बहराईनलाई छोडे ।

२०६७ सालमा दिपु्रङ गाउँपालिका टेम्मा ७ का मेनुका बिसंखेसँग विवाह बन्धनमा बाँधिएका उनीहरुको एक छोरी बोर्डिङ पढिरहेका छन् । कतार र बहराईनमा कमाएको पैसाले छोरी पढाउन र परिवार धान्न पुगिरहेको छ । अहिले कतारमा रहेकै कारण घरमा आमाबुबा दुई भाई र एक बहिनीलाई समेत बेलाबेलामा खर्च पठाउने गरेको उनले सुनाए ।  

बहराईन, कतार बसेका उनले एक हिसाबमा पराई मुलुकका रहनसहन बुझ्दै गए । धर्म, भाषा, संस्कृतीमा उनी परिपक्क हुंदै थिए । बैदेशिक रोजगारीमा जाने चक्कर झन मोह बन्दै गयो । अनि फेरि त्यही पेशामा २०६९ सालमा कतार आए । जिएसएस सेर्टिस कम्पनीमा दुईवर्ष ड्राईभिङ काम गरी स्वदेश फर्केर ६ महिनाअघि अल आरविया वाटर ओयासिस कम्पनीमा ड्राईभर काम गरिरहेको छु । उनले भने, ‘अहिले खाई खर्च कटाएर महिनाको ७०/७५ हजार बचत हुन्छ । बचत गरेको पैसाले घरखर्च र केही जग्गा खरिद गरेको छु ।’  

आगामी दिनमा नेपालमै सोही ड्राईभिङ पेशा अंगालेर जिविकोपार्जन गर्ने निधो गरेका बिनोदले भने, “गर्यो भने नहुने केही रहेनछ । हिजो चिया पकाउने म आज ड्राईभिङ गर्छु ।” तपाई पनि परिश्रम गर्नुहोस परिश्रमले नै सुख दिंदोरहेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान