२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

बैदेशिक रोजगार: ठगिएका धनबहादुरले २४ घण्टा नबित्दै पैसा फिर्ता पाए

२०७४, १० माघ बुधबार १३:१५

मनोज पराजुली | माघ १०, काठमाडौँ | लम्जुङका क्व्होलासोथार गाउँपालिका स्थाई घर भएका धनबहादुर सार्कीले बैदेशिक रोजगारीमा ठगिएको भन्दै न्याय दिलाईदिन आग्रह गरेपछी साझा सबाल अनलाइनले मंगलबार बेलुका समाचार सम्प्रेषण गर्यो । लगत्तै सोहि समाचारको प्रभावले आज बिहान उनले ठगि भएको पैसा फिर्ता पाएका छन्  । 

सार्कीलाई ठगि गर्ने एजेन्ट रामसरण बोगटीलाई इगल हन्टर ओभरसीजका एजेन्ट हुन् । बोगटीले ठगि गरेको बिषयमा म्यानपावरसँग बुझ्दा म्यानपावरले पैसा फिर्ताको ताकेता गर्ने आस्वासन साझा सबाललाई दिएको थियो । 

माथिको तश्विरमा: पिडित सार्की ।

मंगलबार बैदेशिक रोजगार बिभागमा भेटिएका पिडित सार्कीलाई दुई महिना अघि बोगटीले दुबई पठाईदिने भन्दै अग्रिम ४४ हजार रकम लिएका थिए । तर विदेश पठाईदिने भनेर रकम लिएपनि बैदेशिक रोजगारीमा पठाउन नसकेपछि पीडित सार्कीको नाममा बोगटीले ४४ हजारको चेक काटेका थिए तर उनले ब्ल्यांक चेक दिए । सार्कीले पटक-पटक चेक साट्ने प्रयास गरे, पैसा पाउने आशामा चेक साट्न उनि लम्जुङदेखि पोखरासम्म पनि पुगे तर चेक साटीएन । सोहि चेकको आधारमा उनि मंगलबार बैदेशिक रोजगार बिभागमा न्याय माग्न पुगेका थिए ।

उनले भनेका थिए – 'अरुको लागि ४४ हजार सानो रकम भएपनि आफ्नो लागि त्यहि रकम ठगिंदा ठूलो चोट परेको छ । साहुबाट सय कडा दुईको ब्याज तिर्न पनि नसक्ने अवस्था छ ।' तर बुधबार एजेन्टले पैसा फिर्ता दिएपछी सार्की निकै खुसि देखिएका छन् । ठगिएको पैसा पाउन लम्जुङदेखि पोखरा अनि मुद्धा हाल्न भन्दै काठमाडौँसम्म आएका सार्कीले पैसा पाएपछी साझा सबाललाई भने – 'गरिव र पिडितको लागि लडीदिनुभएकोमा बिशेष आभार छ । यही समस्या बैदेशिक रोजगार बिभागमा राख्दा तीन पुस्ते र के-के जाती प्रमाण ल्याउन भनेको थियो तर तपाइँहरुले समाचार दिएपछी २४ घण्टा नपुग्दै मैले न्याय पाएँ ।' 

यस अघि पटक-पटक फोन गर्दा फोन नउठाउने गरेका एजेन्ट बोगटीले एकाएक पैसा फिर्ता पाएपछी सार्कीले अब बिभिन्न म्यानपावरमा बुझेर म्यानपावरमै आई आर्थिक कारोवार गरेर बैदेशिक रोजगारीमा जाने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते