2026-10-17 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोकर्ण विष्टलाई हटाएपछि आएका नयाँ श्रममन्त्रीले घोषणा गरे तीन महिने कार्ययोजना (विवरण सहित)

पुष २२, काठमाडौँ | वर्तमान सरकारले निवर्तमान श्रममन्त्री गोकर्ण विष्टको स्थानमा नयाँ मन्त्री बनाए पछि सरकारप्रति आलोचना भईरहेका बेला नयाँ मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आफूले तीन महिनामा पुरा गरिसक्ने उद्घोष गर्दै २५ कार्ययोजना अघि सारेका छन् । मन्त्रालयले गरिरहेको वर्तमान गतिविधी तथा आगामी कार्ययोजना बारे जानकारी दिनको लागि मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले आगामी तीन महिनामा पुरा गरिसक्ने २५ वटा कामको विवरण सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको नयाँ कार्ययोजनामा रोजगारमूलक सीप विकास तालिम, बैदेशिक रोजगारको शिलशिलामा अंगभंग भएका तथा मृत्यु भएकाहरुको हकवालालाई स्थानीय स्तरबाटै सुविधा पाउने व्यवस्था, चालु आर्थिक बर्षमा ६० हजार बेरोजगारलाई न्युनतम १०० दिनको रोजगारीको ग्यारेन्टी, विदेशबाटै श्रम स्वीकृति, पुराना सबै संस्थागत उजुरीको छानवीन प्रक्रिया सम्पन्न गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

त्यस्तै बैदेशिक रोजगारीबाट फर्किएका कामदारहरुका लागि आर्थिक तथा सामाजिक पुन: एकीकरण कार्यक्रम कार्यान्वयनमा ल्याइने, ३९ जिल्लामा सुरक्षित बैदेशिक रोजगार सम्बन्धि सूचना/परामर्श सेवा दिने, ओमानसंग द्विपक्षीय श्रम सम्झौता, आगामी तीन महिनामा १५ हजार रोजगारदाता र थप १ लाख योगदानकर्तालाई सामाजिक सुरक्षामा आवद्ध गराउने  भन्दा बढी रोजगारदाता र श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने श्रम मन्त्री यादवको उद्घोष रहेका छन् । 

मन्त्रालयमा पदवहाली गरेलगत्तै सीपयुक्त कामदार मात्र विदेश जाने वातावरण बनाउने उद्घोष गरेका मन्त्री यादवले आफ्नै कार्यकालमा श्रमिक बैंक स्थापना गर्ने महत्वकांक्षि योजनाको समेत खुलासा गरेका छन् । श्रम मन्त्रीले आगामी ३ महिनामा गर्ने भनेको कामहरु भने अधिकांश पुरानै कामको निरन्तरता हुन् । 

हेर्नुहोस् तीन महिने कार्ययोजनाको पूर्ण विवरण: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु