2026-09-05 01:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नगद ५० लाख धरौटी उपलब्ध गराउन नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसनको माग (मागसहित)

बैशाख ७, काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसनले वर्तमान अवस्था नसुध्रिएसम्म धरौटीबाट ५० लाख व्यवसायीलाई उपलब्ध गराउन सरकारसँग माग गरेको छ । एशोशिएसनले हालको विषम परिस्थितिले वैदेशिक रोजगार व्यवसायलाई धराशायी गर्ने सुनिश्चित रहेको भन्दै यही अवस्था निरन्तर रहने हो भने व्यवसायीहरुलाई कार्यालय सञ्चालन, कर्मचारी व्यवस्थापनदेखी सञ्चालकहरुकै जीवनयापनसम्मको लागि समेत ठुलो समस्या हुने बताएको छ ।

एशोशिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालको सभापतित्वमा शनिबार बसेको बैठकमा वैदेशिक रोजगार व्यवसायीहरुका वर्तमान र दीर्घकालीन समस्याबारे गम्भीर छलफल भएको थियो । सो बैठकले अबको अवस्थामा म्यानपावर कार्यालय सञ्चालन गर्न समेत कठिन हुने भएकाले सरकारसँग नेपाल वैदेशिक रोजगार व्यवसायी संघमार्फत ईजाजतपत्र संस्थाहरुले राखेको नगद ५० लाख धरौटी फिर्ता माग्ने निर्णय गरेको एशोशिएसनका अध्यक्ष ढकालले जानकारी दिए ।

त्यसैगरी एशोशिएसनले विदेशमा नेपाली कामदारलाई रोजगारी दिइरहेका कम्पनीहरु धराशायी हुने अवस्था आएमा प्रभावित कामदारहारु खान, बस्न तथा महामारीबाट सुरक्षित गर्न सम्बन्धित देशमा रहेका नेपाली दूतावास तथा कुटनैतीक नियोगहरु मार्फत पहल गर्न समेत अनुरोध गरेको छ । त्यसैगरी एशोशिएसनले आफ्ना सदस्य व्यवसायीहरुलाई प्रभावित कामदारहरुको विवरण संघलाई उपलब्ध गराउन पनि आग्रह गरेको छ ।

एसोसियसनका महासचिव महासचिव भवानी निरौलाले विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरसका कारण विश्वकै अर्थतन्त्रमा नकारात्मक असर परी कतिपय कम्पनीहरु धरासायी हुने अवस्था आएको बताउँदै वैदेशिक रोजगार व्यवसायलाई सरकारले सहयोग गर्नुपर्ने बताए ।

बैठकका निर्णयहरु :

१)विश्वव्यापि रुपमा फैलिरहेको कोरोना भाईरसका कारण विश्वकै अर्थतन्त्रमा नकारात्मक असर परी कतिपय कम्पनीहरु धरासाही हुने अवस्था नआऊला भन्न सकिन्न । यदि यस्तो अवस्था आएमा वैदेशिक रोजगारीमा रहेका कामदारहरुलाई प्रत्यक्ष प्रभाव पर्नु स्वभाविक हो । यसका कारणले कामदार हरुलाई खान बस्न तथा महामारीबाट सूरक्षित हुनको लागि समस्या आइपरेमा सम्बन्धित देशमा रहेका राजदुतावास तथा कुटनैतीक नियोगहरु मार्फत सो देश तथा कामदारहरु रहेका कम्पनीहरु लाई अनुरोध गरि न्युनतम खान बस्न तथा सुरक्षित स्थानको ब्यबस्था मिलाउन अनुरोध गर्ने ।

२) निर्णय १ बमोजिम व्यवस्थापन हुन नसकेका कामदारहरुले आफुलाई महामारीका करणले परेको समस्याका बारेमा जानकारी गराएमा सम्बधित निकाय तथा कम्पनीहरुसँग समन्वय गरी सुचना संकलन गर्ने र सो सुचना बैदेशिक रोजगार ब्यावसायी संघमार्फत आबश्यक उद्दार तथा राहतको लागि नेपाल सरकार लाई उपलब्ध गराउने ।

३) हालको विषम परिस्थितीले वैदेशिक रोजगार व्यवसायलाई धरासायी हुने गरी प्रभाव पर्ने पक्का छ । यस्तै अवस्था कतिसमय रहनेहो भविश्व कै कुरा भएको छ । यस अवस्था ले कार्यालय सन्चालन, कर्मचारी व्यवस्थापन् देखि संचालक हरुको जीवन यापन सम्मको लागि समेत ठुलो समस्या भएको छ । वैदेशिक रोजगार व्यवसायमा झन्डै झन्डै यस्तै अवस्था २०६१ भदौ १६ गते को कान्डले पनि गराएको थियो सो समयमा तत्कालिन सरकार ले ब्यबसायीका उल्लेखित समस्या समाधानको लागि राखेको धरौटी मध्येबाट रु. पाँच लाख उपलब्ध गराएको थियो त्यसैले त्यस नजिर लाई समेत मध्यनजर गर्दै हाल वैदेशिक रोजगार ऎनको व्यवस्था बमोजिम ब्यबसायिले राखेको धरौटी मध्यबाट नगद रु ५० लाख अवस्था नसुध्रिए सम्मको लागि उपलब्ध गराइदिन बै. रो. संघ मार्फत जोडदार माग गर्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल