२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

वैदेशिक रोजगारका विषयमा सूचना तथा परामर्श प्रदान

२०७७, ९ श्रावण शुक्रबार ०८:२४

साउन ९, विदुर। नुवाकोटमा रहेको सुरक्षित आप्रवासन९सामी० परियोजना रोजगार प्रवद्र्धन कार्यक्रमले तीन हजार ९५१ जनालाई सुरक्षित वैदेशिक रोजगार तथा सीप तालिमका विषयमा सूचना तथा परामर्श दिएको छ ।

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौताअनुसार नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित सुरक्षित आप्रवासन ९सामी० परियोजनाले ३९ जिल्लाका १५६ स्थानीय तहमार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व प्रदान गरेको यस परियोजनालाई प्राविधिक सहयोग भने हेल्भटास नेपालले उपलब्ध गराउँदै आएको छ ।

विशेषतः यस परियोजनाले वैदेशिक रोजगारमा जाने निर्णय गरेका युवालाई स्थानीय तहमा नै सचेत बनाउन र वैदेशिक रोजगारीमा जाने÷नजाने वा कुन देश जाने अथवा कसरी जाने भन्नेबारे आफँै निर्णय लिन सक्षम बनाउने मूल उद्देश्यका साथ गत वर्ष २०७६÷७७ मा तीन हजार ९५१ जनालाई सूचना तथा परामर्श दिएको सुरक्षित आप्रवासन ९सामी० परियोजना नुवाकोटका कार्यक्रम संयोजक निरु सुचीकारले जानकारी दिनुभएको हो । उहाँका अनुसार सूचना तथा परामर्श लिनेमा महिलाको सङ्ख्या एक हजार ७१८ र पुरुषको सङ्ख्या दुई हजार २३३ रहेको छ । त्यस्तै वैदेशिक रोजगारीमा जान चाहने राहदानी बनाउने युवाको उमेरगत समूहलाई हेर्दा १९ देखि ३५ वर्षभित्रका ८६ प्रतिशत रहेको र जातिगत अवस्थालाई केलाउँदा जनजातिको सङ्ख्या ५२ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयको हाताभित्र सूचना तथा परामर्श केन्द्रको कक्षमा सूचना लिन आउने सेवाग्राहीको सङ्ख्या र जिल्लाबाट नै राहदानी बनाउन आउने सेवाग्राहीको सङ्ख्यालाई दाँज्ने हो भने गत आवमा १३ प्रतिशत सेवाग्राही सूचना तथा परामर्श केन्द्रबाट बाहिर रहेको हो ।

विदुर नगरपालिकाका प्रमुख तथा सामी परियोजना व्यवस्थापन समितिका अध्यक्ष सञ्जु पण्डितले वैदेशिक रोजगारमा गएका र जान तयारी भएका युवालाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने कुरामा वैदेशिक रोजगारको क्षेत्रमा संलग्न तथा सम्बद्ध सबै सरोकारवालाले आ–आफनो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने