४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

धन कमाउन विदेशिएको पाँच महिनामा शव आएपछि …

९ श्रावण २०७७, शुक्रबार ०९:३६

रामबहादुर थापा साउन ९, बागलुङ । गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिँड्दा गलकोट नगरपालिका–७ मल्मका लक्ष्मण सुनारको वाचा थियो छिट्टै घर फर्कने । दुर्भाग्य, साउदी अरब पुगेको तीन महिनामै सुनारले आकस्मिक मृत्युवरण गर्नुपर्यो । धन कमाउन विदेशिनुभएका उहाँ बन्द बाकसमा फर्कनुभयो ।

फागुन पहिलो साता साउदी अरब पुग्नुभएका ४२ वर्षीय सुनारको गत जेठ ११ मा निधन भयो । शव भने गत सोमबार मात्र आइपुग्यो । कोरोनाले निम्त्याएको बन्दाबन्दीका कारण शव ल्याउनै झण्डै दुई महिना लाग्यो । परिवारले अन्तिमपटक मुख हेर्ने धोको राखेपछि खर्चिलो र झण्झटिलो भए पनि सुनारको शव घरै ल्याइएको हो । मङ्गलबार अन्तिम संस्कार गरेपछि छोराहरु दिनेश र विनोद अहिले बुबाको किरियामा हुनुहुन्छ ।

“म पनि भारतमा थिएँ, तीन/चार वर्षदेखि बुबालाई भेट्न पाएको थिइँन, अब यत्तिकै भयो”, २१ वर्षीय दिनेशले भन्नुभयो, “हामी विदेश लागेपछि घरमा आमा र भाइमात्र थिए ।” १८ वर्षीय विनोद बीचमै पढाइ छाडेर घरमै बस्नुभएको छ । आमा सीमा ज्यालादारी काम र घरधन्दा सम्हाल्नुहुन्छ । लक्ष्मणको कमाइका भरमा परिवार पालिएको थियो, मिठो–मसिनो पाक्थ्यो । घरको मुली मान्छे नै गुमाउनु परेपछि सुनार परिवारलाई अकल्पनीय बज्र परेको छ । आर्थिक स्थिति दयनीय छ । जायजेथाले बिहान–बेलुकीको निर्वाहसम्म हुँदैन । “बुबा बितेर गए पनि हामी दुई भाइ छौँ अब केही गर्नुपर्ला, आमा र परिवारको भविष्य हाम्रो काँधमा आएको छ”, दिनेशले भन्नुभयो ।

दिनेश पनि रोजगारीका सिलसिलामा केही वर्षदेखि दिल्लीमा हुनुहन्थ्यो । बुवाको निधनको खबर पाएपछि बन्दाबन्दीबीच उहाँ घर फर्कनुभएको थियो । लक्ष्मण रोजगारीका लागि शुरुमा कुवेत र त्यसपछि साउदी अरब जानुभएको थियो । उहाँमा पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेको छोरा दिनेशले बताउनुभयो । “त्यसकै कारण बुवाको एक्कासी त्यस्तो घटना भयो”, दिनेशले भन्नुभयो । विदेशिनुपूर्व घरगाउँमै रहँदा पनि लक्ष्मण सीपयुक्त काममा मेहेनती र लगनशील हुनुहुन्थ्यो ।

“एकदम सरल, कामकाजी हुनुहुन्थ्यो, गाउँमा सबैले चिन्थे, मान्थे”, वडाध्यक्ष टीकाबहादुर थापाले भन्नुभयो, “डोका, नाम्ला बुन्ने सीप पनि थियो ।” वडाध्यक्ष थापाले सम्पत्तिका नाममा घरबाहेक लक्ष्मणसँग केही नभएको बताउनुभयो । दैनिक श्रम गरेर गुजारा गर्ने परिवार भएको उहाँको भनाइ छ । परिवारको आर्थिक स्थिति कमजोर देखेपछि जापानमा रहेका गलकोटेहरुले सहयोग गरेका छन् । घुम्टे युवा परिवार जापान शाखाले चलाएको सहयोग अभियानबाट रु छ लाख १७ हजार ६२० सङ्कलन भएको छ । सो रकम परिवारको लालनपालन र सुरक्षित भविष्यका लागि खर्च गरिने भएको छ । 

पीडामाथि पीडा

लक्ष्मणको निधनले दिएको चोट मत्थर हुन नपाउँदै सुनार परिवारमा थप अर्को पीडा थपिएको छ । सुनारको घर पहिराको जोखिममा परेको वडाध्यक्ष थापाले बताउनुभयो । “घरैछेउबाट पहिरो खसेको छ, भिरालो जमिन भएकाले जोखिम बढी छ”, उहाँले भन्नुभयो । वडाले पहिरा रोकथाममा सुनार परिवारलाई सहयोग गरिने जनाएको छ । छिमेकमा रहेका मनबहादुर विक र अङ्कित विकको घर पनि पहिराले जोखिममा पारेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ