२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँका दुई कन्सल्टेन्सीमा छापा, कार्यालयनै बन्द गरेर भागेपछि अवैध कन्सल्टेन्सी सिल

२०७७, ११ चैत्र बुधबार १६:०९

अनिल अधिकारी | चैत १२, काठमाडौँ |  वैदेशिक रोजगार बिभागले काठमाडौँका बिभिन्न दुई कन्सल्टेन्सीमा आकस्मिक छापा हानेको छ । बिभागले पुरानो बानेश्वर स्थित ग्लोबल इन्फो एजुकेशनल एण्ड भिसा सर्भिस प्रा.लि र डिल्लीबजार स्थित नेक्स्टहब फरदरिङ एजुकेसन कन्सलटेन्सीमा आकस्मिक अनुगमन गरेको हो । 



बिभागको टोली पुरानो बानेश्वर स्थित ग्लोबल इन्फो एजुकेशनल एण्ड भिसा सर्भिस प्रा.लिमा पुग्दा-नपुग्दै उक्त कन्सलटेन्सीका कर्मचारी सहित संचालक फरार भएका थिए । लामो समयदेखि पोखरा र काठमाडौँमा बसेर कयौंलाई भिजिट भिसा र युरोप पठाईदिने भन्दै वैदेशिक रोजगार सेवा नेपाल नामबाट सामाजिक संजालबाट प्रचार गर्दै आएका व्यक्तिले दुई महिनादेखि ठूलो तामझामका साथ पुरानो बानेश्वर चोकमा कार्यालय खोलेर अवैध  काम गरेको सूचना प्राप्त भएको थियो । एक व्यक्तिले युरोप सहित ५० भन्दा बढी देशमा रोजगारमा पठाईदिने भन्दै युवाहरुलाई भ्रम छरेर अवैध रुपमा वैदेशिक रोजगारको काम गरिरहेको सूचना युवाहरुले केहि महिना देखि दिईरहेका थिए । पछिल्लो समय सामाजिक संजालमा अवैध रुपमा बिज्ञापन गरेकाहरु धमाधम अनुगमनमा तानिएपछि उक्त कन्सल्टेन्सीमा आवद्धहरुले पहिले पोष्ट गरेको सबै पोष्टहरु हटाएको पाइएको छ । केहि समय देखि कुनै आधिकारिकता बिनै https://www.baideshikrojgarsewa.com/ वेबसाइट र फेसबुकपेज https://www.facebook.com/baideshikrojgar2020/ स्थापना गरि एउटा मोबाइल नम्बर राखेर, अन्य कुनै आधिकारिकता समेत नराखि युवाहरुसँग Whatsapp तथा फेसबुक पेज म्यासेन्जरबाट डीलिङ गर्ने गरेको बिषयमा बिभागमा ध्यानाकर्षण भएको थियो । तर बुधबारको अनुगमन पछि पुरानो बानेश्वर स्थित ग्लोबल इन्फो एजुकेशनल एण्ड भिसा सर्भिस प्रा.लि आवद्ध व्यक्तिलेनै सामाजिक संजालमा कयौं देशमा पठाउने भन्दै लागत शुल्कनै सार्वजनिक गरि काम गर्दै आएको पुष्टि भएको छ । यसै कम्पनीले सातै प्रदेशमा बिभिन्न सेमिनारको नाममा युवाहरुलाई आफ्नो सम्पर्कमा ल्याएको बुझिएको छ ।


पुरानो बानेश्वर स्थित कार्यालय खोलेर धमाधम बिभिन्न देशमा कामदार भिसामा पठाइदिने भन्दै पैसा तथा कागजात लिन थालेको उजुरी परेपछि बुधबार दिउसो बैदेशिक रोजगार बिभाग, मिडिया र नेपाल प्रहरीको टोलि सहित उक्त कन्सल्टेन्सीमा पुग्दा उक्त कार्यालय भने बन्द थियो । उक्त कार्यालयको तल्लो तलामा संचालित भएका अन्य कार्यालयसँग सोधपुछ गर्दा केहीबेर अघि मात्र उक्त कार्यालय बन्द गरेर गएको जानकारी प्राप्त भएको थियो । 

छापा मार्ने क्रममा बिभागका अधिकारीले उक्त कार्यालयका संचालकलाई फोन सम्पर्क गर्दा उनले मिडिया सहितको टोली भएको कारण आफूहरु कार्यालय खोल्न नआउने बताईरहेका थिए । ति व्यक्तिले आफ्नो परिचय समेत नदिई भोली बिभागमै उपस्थित हुने फोनमा बताईरहेका थिए । कार्यालय बन्द भएपछि बैदेशिक रोजगार बिभागले उक्त कार्यालयमा सिल गरेको छ । 

विभागका शाखा अधिकृत तथा टोलीका प्रमुख मातृका सापकोटाले विभागका महानिर्देशकको निर्देशन अनुसार ग्लोबललाई सिल गरेको बताएका छन् । सापकोटाले विभागमा आएर सिल खोलेर थप प्रमाणहरु हेर्ने बताएका छन् । 


उक्त कम्पनी पोखरामा दर्ता भएको देखिएको छ । साझा सबाल मिडियाले उक्त कन्सलटेन्सीको आधिकारिकता बुझ्दा उक्त कम्पनीको कम्पनी रजिस्टर कार्यालय दर्ता नम्बर '२४३९६०' अनुसार २०७७ असोजमा दर्ता भएको छ । दर्ता भए अनुसार आधिकारिक नाम 'ग्लोबल ईन्फो एजुकेशन एण्ड सर्भिसेज' हो तर त्यहि दर्ता नम्बरमा पोखरामा दर्ता भएको कम्पनीलाई काठमाडौँमा अवैध रुपमा कार्यालय राखेर नाम समेत परिवर्तन गरि 'ग्लोबल ईन्फो एजुकेशनल एण्ड भिसा सर्भिसेज प्रा.लि.' राखेको पाइएको छ ।


त्यस्तै बिभागले डिल्लीबजार स्थित नेक्स्टहब फरदरिङ एजुकेसन कन्सलटेन्सीमा पनि छापा हानेको छ । उक्त कन्सलटेन्सीले कामदार भिसामा पठाइदिने भन्दै अवैध काम गरेको उजुरी परेपछि बिभागले छापा मारेको हो । बिभागले उक्त कन्सलटेन्सीमा छापा मार्ने क्रममा लिथुनियामा जानको लागि ७० हजार अग्रिम बुझाएका एक जना युवा कन्सलटेन्सीमै बसिरहेका थिए । ति युवालाइ सोहि कन्सलटेन्सीमा आफूलाई म्यानेजीङ डाईरेक्टर बताउने रोशन विष्टले लिथुनिया पठाईदिने भन्दै एक सहकारीको चेक दिएर प्रलोभनमा पारी पासपोर्ट र नगद पैसा लिएको पाइएको छ ।


बिभागले उक्त कन्सलटेन्सीबाट केहि कागजात, पासपोर्ट, तीन थान ल्यापटप र एक थान सिपीयु बरामद गरेको छ । बिभागले उक्त कन्सलटेन्सीका संचालक सहित एजेन्टको रुपमा सक्रिय व्यक्तिलाई २४ घण्टाभित्र बिभागमा हाजिर हुन पत्र काटेको छ । 

माथि उल्लिखित अनुगमन सम्बन्धि भिडियो रिपोर्ट बिहिबार सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त